site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
एयरबस खरिदमा ४ अर्बको भ्रष्टाचार लुकाउने प्रयास
Sarbottam CementSarbottam Cement

संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल एयरलाइन्सको दुईवटा एयरबस ३३० को खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । तर, यस विषयमा कुनै किसिमको कारबाही प्रक्रिया अघि नबढ्दै सरकारले छुट्टै आयोग गठन गर्नुले पूरै प्रकरण अलमल पर्ने संभावना गहिरिएको छ । 

गतसाता एयरबसको वाइडबडी ए–३३० जहाज खरिदमा भएको भ्रष्टाचारको विषयले दैनिक पत्रिकामा निकै प्रमुखता पायो । यो विषयमा निकै लामो समयदेखि लगातार रहस्योद्घाटन गर्दै आएको अन्नपूर्ण पोस्ट दैनिकले ‘वाइडबडीमा भ्रष्टाचार ठहर’ शीर्षकमा सोमवार मुख्य समाचार प्रकाशित ग¥यो । सो समाचार अनुसार संसदीय उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारवाही गर्न भनेको छ । 

नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिका अनुसार विमानको भारमा १२ मेट्रिक टन कमभएको आधारमा नेपाल वायुसेवा निगमलाई रु. १ अर्ब ३ करोड ३३ लाख क्षति पुगेको, एयरबस कंपनीले तोकेको तत्कालीन मूल्य र त्यसमा रहेको छुट नलिई गलत मनसायले ८ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवृद्धि गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाएर निर्धारण गरिएको उपसमितिको ठहर छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संसदीय उपसमितिको निर्णयलाई सोमवार अन्नपूर्ण पोस्टले मुख्य बनाए पनि अन्य पत्रिकाले खासै वास्ता गरेनन् । कान्तिपुरले प्रथम पृष्ठमा एक कोलमको समाचार बनायो । मंगलवार कान्तिपुरले यही समाचारलाई दोहो¥याउँदै वाइडबडीमा करिब ४ अर्ब भ्रष्टाचार भएको हुन सक्ने भन्ने संयोजक राजन केसीको भनाइ सहित डेढ कोलमको मुख्य समाचार बनायो । नागरिकले पनि मंगलवारको प्रथम पृष्ठमा यस विषयलाई एन्कर समाचार बनायो । 

नयाँ पत्रिकाले यही समाचार प्रथम पृष्ठमा मुख्य समाचार बनायो तर बुधवारको पत्रिकामा । उक्त प्रतिवेदनमा बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित दुई पूर्व मन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारबाहीको सिफारिस गरिएको तथा महाप्रबन्धक सुगत रत्न कंसाकार मुख्य दोषी देखिएको ठहर उपसिमितिको प्रतिवेदनमा देखिएको पनि नयाँ पत्रिकाले प्रकाशित ग¥यो । 

Global Ime bank

नयाँ पत्रिकाले मंगलवार उपसिमितिको प्रतिवेदनको समाचारलाई मुख्य समाचार बनायो भने कान्तिपुरले सोही समाचार बिहीवार मुख्य समाचार बनायो । कान्तिपुरको बिहीवारको समाचारमा ४ अर्ब ३५ करोडको अनियमितता देखिएको उपसमितिको ठहर भएको विषय शीर्षकमा परेको छ । सो समाचारलाई अन्नपूर्ण पोस्टले पनिबुधवार प्रमुख समाचार बनायो । बिहीवार नयाँ पत्रिकाले प्रधानमन्त्रीका एक सल्लाहकारको नाम नलिई उनले दिएको समाचार भन्दै एयरबस प्रकरामा रौंचिरा केलाइन्छ भन्ने समाचार प्रकाशित ग¥यो । 

यस प्रकरणमा नयाँ मोड बिहीवार आयो जब सरकारले संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन ग¥यो । यो समाचारलाई अन्नपूर्ण पोस्ट, हिमालय टाइम्स तथाकान्तिपुरले शुक्रवारको पत्रिकामा मुख्य समाचार बनाएर प्रस्तुत गरे । सरकारले उपसमितिको प्रतिवेदनलाई अन्तिम मान्न अस्वीकार गर्दै कसैमाथि अभियोग लाग्दैमा दोषी प्रमाणित नहुने भन्यो । सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिँदै सरकारले गठन गरेको न्यायिक छानविन आयोगमा पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुली संयोजक तथा पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य रहेको जानकारी गरायो । 

एयरबस खरिदमा भएको भ्रष्टाचार प्रकरणमा अन्नपूर्ण पोस्टले शुक्रवार सम्पादकीय लेख्दै उपसमितिको प्रतिवेदन दम्पच पार्ने झेली खेलमा सरकार उत्रेको टिप्पणी गरेको छ । लेखा समितिबाट प्रतिवेदन पारित हुनु अगावै नाटकीय शैलीमा आयोगको घोषणा गर्नु आश्चर्यजनक र लोकतान्त्रिक शासन पद्धति सुहाउँदो नभएको भन्दै पोस्टले निन्दा गरेको छ । ‘अनियमितताको आरोप लागेको सरकार स्वयंले छानबिन गर्न समिति बनाउनु न्यायको सर्वमान्य सिद्धान्त विपरीत हो । के सरकार दुई तिहाइ बहुमतलाई जंगी शासनको छुट चाहन्छ ?’ भन्ने प्रश्न समेत पोस्टले गरेको छ । आरोपित व्यक्ति दल भित्र उल्लेखनीय प्रभाव जमाउने र शक्ति केन्द्रको निकटवर्ती भएकाले तिनलाई जोगाउन सत्ताधारी दलले कुनै पनि हदसम्मको अभ्यास गर्नसक्ने प्रति पोस्टले सजग गराएको छ । यस घटनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि परीक्षा यो घटनाले लिने विषय उठान पोस्टको सम्पादकीयले गरेको छ । 

शनिबारको नागरिक दैनिकले पनि उपसमितिले सार्वजनिक लेखा समितिमा बुझाएको प्रतिवेदन माथि भएको छलफलमा नेकपाका सांसद आरोपितलाई बचाउने खेलमा लागेको समाचार प्रकाशित गर्दै ‘मन्त्रीलाई जोगाउने खेलमा सत्तापक्ष’ शीर्षक दिएको छ । कान्तिपुर तथा अन्नपूर्ण पोस्टले पनि वाइडबडीमा सांसद विभाजित भएको समाचारलाई मुख्य समाचार बनाएका छन् । यस विषयमा कान्तिपुरले प्रथम पृष्ठमा नै गौरीबहादुर कार्कीको टिप्पणीलाई समाचारको स्थान दिएको छ । सो समारचारमा कार्कीले सरकार हतास मनस्थितिमा पुगेको र प्रधानमन्त्री ओलीले नै संविधान नबुझेको देखिएको टिप्पणी पनि गरेका छन् । 

रेशम चौधरीको शपथको नाटक

गएको साता २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा भएको घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, ६ प्रहरी अधिकृत र एक नाबालकको हत्याका लागि मुख्य अभियुक्त रेशमचौधरीलाई जेलबाट संसद्ल्याई सांसद पदको शपथ गराएर जेल फिर्ता लगिएको समाचारले प्राथमिकता पायो । उनलाई गत बिहीवार सभामुख कृष्णबहादुर महराले शपथ गराएका थिए । दैनिक पत्रिका नागरिक, राजधानी, हिमालय टाइम्स तथा अन्नपूर्ण पोस्टले यो समाचारलाई महत्त्वका साथ प्रकाशित गरे । उक्त घटना भएपछिको निर्वाचनमा कैलालीबाट वारेस मार्फत् मनोनयन दर्ता गरेर चौधरी राष्ट्रिय जनता पार्टीबाट सांसद पदमा विजयी भएका थिए । 

चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीश

सर्वोच्च अदालतका प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाएसँगै न्यायाधीश चोलेन्द्र शमशेर राणा प्रधान न्यायाधीशमा नियुक्त भएका हुन् । संसदीय समितिले पहिले दीपकराज जोशीको नाम अनुमोदन गर्न अस्वीकार गरेपछि ओमप्रकाश मिश्र प्रधान न्यायाधीश भएका थिए । मिश्र पछिका राणाको विषयमा पनि निकै विवाद र आरोप भएपनि संसदीय समितिले उनको नाम सर्वसम्मत ढंगले अनुमोदन गरेको हो । गत मंगलवार १७ पुसमा मनोनयन भएका राणाले पुस १८ मा शपथ लिएसँगै पदको जिम्मेवारी सम्हालेका हुन् । उनको समाचारलाई पनि सबैजसो पत्रिकाले मुख्य समाचार बनाए । 

उल्लेखनीय समाचार

गत साताका उल्लेखनीय समाचार प्रकाशित गर्नेमा नयाँ पत्रिका दैनिक रहेको छ । नयाँ पत्रिकाले शुक्रवारे ‘पिए राख्न सालासाली र भाइभतिजा’ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको थियो । उक्त समाचारमा शाखाअधिकृत सरहको सुविधा पाउने पीए पदमा कुनकुन सांसदले ककसलाई नियुक्त गरेका छन् र नियुक्त हुने व्यक्ति नातामा के पर्छन् भनेर सम्पूर्ण सूची नयाँ पत्रिकाले प्रकाशित गरेको छ । 

त्यस्तै अरु उल्लेखनीय समाचारमा कान्तिपुरको ‘स्वकीय सचिवै नराखी तलब’ को समाचार परेको छ । कान्तिपुरले गत साताको बुधबार प्रकाशित गरेको सो समाचारअनुसार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एक उपसचिव स्तरका स्वकीय सचिव, एक कम्प्युटर अपरेटर र एक कार्यालय सहयोगी नियुक्त गरेकै थिएनन् । समाचार आउने भएपछि उक्त पदपूर्ति भएको उनले जानकारी गराएका थिए । अन्नपूर्ण पोस्टले नेपालीले विदेश यात्रामा मात्र चार महिनामा ३४ अर्ब ९१ करोड सकेको समाचार प्रकाशित गरेको छ । नेपालमा विदेशी पर्यटकले भने यही अवधिमा जम्मा २५ अर्ब ५ करोड मात्र खर्च गरेको अनुमान गरिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC