site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वाइड बडी खिरदमा अनियमितता गर्नेलाई कारवाही गर्न माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणमा भ्रष्टाचार भएकाले त्यसमा सङ्लग्न दोषीलाई प्रचलित कानूनअनुसार कारवाहीको माग गरिएको छ । 

रिपोर्टर्स क्लबले शनिबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा सार्वजनिक लेखा समिति, उपसमितिका सदस्यहरुले मुलुकको विकास र समृद्धिका लागि यस किसिमका भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक लेखा समितिका सदस्य तेजुलाल चौधरीले उक्त प्रकरणमा भ्रष्टाचार भएको दावी गर्दै संसदीय उपसमितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाहीको सिफारिस गरिने बताए ।  

अर्का सदस्य विशाल भट्टराईले नेपाल वायुसेवा निगमले पछिल्लो पटक विमान खरिदमा अनियमितता भएको र बदमासी गर्ने जो कोहीलाई पनि कारवाही हुने बताउँदै त्यस घटनामा जोडिएका अन्य दोषीको पनि सुक्ष्म अध्ययन गरिने बताए । 

Global Ime bank

प्रतिवेदनमा भएका भाषा लगायत त्रुटीलाई सञ्चाउनु पर्नेमा उनले जोड दिए ।  

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री सञ्जय गौतमले उक्त प्रकरणमा अनियमितता भएका कारण आफूले सो विषयलाई संसदमा उठाएको कारवाहीको माग गरे । 

उपसमितिका सदस्य चन्दा चौधरीले वाइड बडी प्रकरणको छानबिनका क्रममा विमान खरिदका लागि दिइएको रकमको बिल उपलब्ध नगराइएको, २४२ मेट्रीक टनको सम्झौता गरी २३० मेट्रीक टन ल्याउने प्रयत्न गरिएका लगायत कारणले अनियमितता पुष्टि भएको विचार व्यक्त गर्दै भ्रष्टाचारको अन्त्य गर्नका लागि दोषीलाई दण्डित गर्नुपर्ने बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC