अर्थ व्यवसाय
काठमाडौ । नागरिक लगानी कोषले संसद भवनको पुर्वपट्टि रहेको ६ रोपनी जमिनमा व्यावसायिक भवन बनाउने भएको छ ।
कोषको सवै कारोवार एउटै छाना मुनी गर्ने उदेस्यले ब्यवसायिक भवन बनाउने तर्फ कोष अघि बढेको हो । सो जमिनमा निहित स्वार्थले उप्प्रेरित केही ब्यक्तिले अबरोध गरेपछि कोष आफैं भवन बनाउने तर्फ अघि बढेको हो । कोषले भबन बनाउने तर्फ नक्सा पास लगायतका सवै प्रक्रिया पुरा गरिसकेको छ ।
कोषले एउटै छाना मुनी सबै खाले सुविधा उपलब्ध गराउन उद्देस्य लिएर ब्यवसायिक भवन बनाउदा ६ लाख भन्दा बढी सहभागी लाभान्वित हुने छन । अब बन्ने भवन अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखी बनाउने हुदा यस्ले दीर्घकालीन रूपमा कोष र सेवागा्रहीलाई लाभ पु¥याउने विश्वास कोषले लिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३ १०:१२
प्रतिक्रिया दिनुहोस्