site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारले टेरपुच्छर लगाएन, समर्थन फिर्ता लिन्छौं : राजपा
Ghorahi CementGhorahi Cement

काठमाडौं ।राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपा अध्यक्ष मण्डलका नेताले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधनका बारेमा ध्यानकर्षण गराएर फर्किएको एक साता गुज्रनै लाग्दा राजपाले त्यस्तो चेतावनी दिएको हो ।

राजपा अध्यक्षमण्डलमा रहेका नेताहरूले गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधन गर्न ध्यानाकर्षण गराएका थिए । तर, सरकारले एक सातासम्म पनि कुनै तदारूकता नदेखाएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको राजपाका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।

Agni Group

“सरकारले टेरपुच्छर लगाएन, संविधानको समर्थन गरी मधेसका मागको सम्बोधन गर्न सरकारलाई समर्थन दिएका हौँ । संविधान संशोधन नगर्ने भएपछि सरकारलाई समर्थन दिइरहनुको कुनै औचित्य छैन,” उनले भने ।

उनका अनुसार बुधबार राजपाको जिल्ला कार्यसमिति रहेका जिल्लामा विस्तारित बैठक चलिरहेको छ । बैठकबाट आएका सुझावलाई आधार मानेर पार्टी अघि बढ्ने उनले जानकारी दिए ।

Global Ime bank

“हामीले यसअघि नै समर्थन फिर्ता लिने जनाइसकेका छौँ,” उनले बाह्रखरीसँग भने, “छिट्टै अध्यक्ष मण्डलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC