site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बूढापाकालाई सार्वजनिक बस चढ्न निषेध गरौं ! 

रोशासँग फेरि भेट भेएको छैन । रोशाका बारेमा कुनै अर्को आलेखमा तर तिनले भनेको एउटा कुराले मलाई  बारम्बार उनको सम्झना दिलाइरहन्छ । 

कालो नलगाउँदा मेरो केश पूरै सेताम्यै हुन्छ, हिमालसरी । मेरा सेता केश देखेर कतिपयले मलाई सोधेका पनि छन् – ‘‘६५ त कट्नु भयो हैन ?’’ उमेर नहुँदै सेतो भएको केशलाई यस्तैयस्तै प्रश्नले ‘कालो’ बनाउने जोश जगाउँछ ।

त्यसदिन रोशासँग भेट हुँदा मेरो केश तीलचामले थियो । कालो नलगाएको विषयमा कुरा गर्दै केही समय अलमलिएँ । रोशाले हठात् भनिन् – ‘‘कहिले काहीँ आफूलाई ज्येष्ठ नागरिकको श्रेणीमा राखेर हेर्नुस् त । यति सोचिदिने हो भने ज्येष्ठ नागरिकलाई कहिल्यै कुनै सकस हुन्न । तपाईँ आफैँलाई पनि सहज हुन्छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

आज केशमा निक्खर कालो दलेरै भएपनि रोशाले भनेको विषयमाथि म घोत्लिन बाध्य छु । कारण, अचेल म जहाँ पनि ज्येष्ठ नागरिकले भोग्दै आएको बिजोग हेरिरहेको छु । हेर्न बाध्य छु ।

ज्येष्ठ नागरिक, बिरामी, अशक्तका पीडा आज काठमाडौंका सडकमा छताछुल्ल पोखिएको छ । विडम्बना, राज गर्नेहरूको दृष्टि सडकमा त्यहाँसम्म पुग्नैसकेको छैन ।

Global Ime bank

सडकमा सार्वजनिक गाडी गुड्छन् । चालकहरुको रजाईँ चल्छ । चालकले म सार्वजनिक सवारी साधन चलाउ्ँदैछु भन्ने सधै बिर्सिएको देखिन्छ । 

सडकमै रहन्छन् ट्राफिक प्रहरी । जो सार्वजनिक यातायातलाई ठाउँमै रोक्न दिँदैनन् । ट्राफिक व्यवस्थापनका नाममा ती लहरै सडक किनारमा बस्छन् । सार्वजनिक सवारीलाई अगाडि गएर रोक अगाडि गएर रोक भन्दै इसारा गर्छन् । कुनै पनि ट्राफिक प्रहरीले आफ्नो अगाडि गाडी रोक्ने अनुमति दिँदैनन् । फलतः सुन्धारा ओर्लनुपर्नेे यात्रु लैनचौरमा पुगेर ओर्लन बाध्य हुन्छ ।
यस पङ्तिकारले देखेका भोगेका केही दृश्यहरुको वर्णन गर्दा अझै स्पष्ट होला । 

दृश्य एक :
घरबाट कार्यालय हिँडेको म जडीबुटीको विशाल जाममा परेँ । जाम वडा नम्बर ३२ को छेउछाउसम्मै थियो । गाडी पञ्चमीको पाइलाजति पनि सरिरहेको थिएन ।

जाम खुल्नासाथ गाडी तुफान कुदाएर जडिबुटीपारि लैजाने कसरतमा थिए थिए गाडी चालक । उनले सहचालक (खलासी)लाई अह्राए – ‘‘कान्छा, जडीबुटीवारि ओर्लनेहरूलाई यहीँ ओराल ।’’

आज्ञा शिरोपर गर्दै सहचालक चर्को स्वरमा कराउन थाल्यो, ‘‘जडीबुटी यहीँ ओर्लनुस् है । नभए कोटेश्वर पुग्नु होला ।’’

यात्रु हल्ला गर्न थाले । यात्रुहरुको हल्लाको असर अलिकति पनि चालक र सहचालकलाई परेन् । उनीहरू यात्रु ओराल्नै कम्मर कसेर लागे । जडीबुटी चोकमा पुगेर भक्तपुरतिरको अर्को गाडी समाउनु पर्ने एक वृद्ध महिला त्यहीँ ओर्लन बाध्य भइन् । घुँडाकी रोगी ती महिलासँग कुनै उपाय थिएन  वडामै ओर्लिएर खुट्टा खोच्याउँदै चोकसम्म पुग्नु बाहेक ! 

सायद, कसैलाई पनि पीडाबोध भएन त्यो दृश्य देखेर !

दृश्य दुई :
करिब एक महिनाअघिको अर्को प्रसंग । बसबाट कोटेश्वर चोकमा ओर्लन यात्रुहरु तम्तयार थिए । ठाउँ मिलाएर बस रोकिनासाथ बसबाट झर्न, ज्येष्ठ नागरिक मात्रै होइनन् कनिष्ट नागरिक पनि बसको ढोका छेउछाउ उभिएका थिए । तर बस रोकिएन । बस रोक्न दिएनन् ट्राफिक प्रहरीले । 

ट्राफिकहरू लहरै परेड खेले झैँ गरी दाहिनेतिर उभिएका थिए । पहिलो ट्राफिक प्रहरीले अगाडि गएर बस रोक्न संकेत ग¥यो । त्यसअगाडि पनि अर्को ट्राफिक उभिएको थियो । उसले पनि अगाडि गएरमात्रै बस रोक्न आदेश दियो । यसरी छ सात जना ट्राफिक प्रहरीलाई छिचोल्दै जाँदा बस कोटेश्वर ओह्रालोको भैरव मन्दिरपारि छेउछाउ पुग्यो । कोटेश्वर झर्नुपर्ने वृद्धवृद्धालगायतका यात्रुले चालक सहचालकलाई गाली गर्न थाले । यी वृद्धवृद्धाको पीडा ती ट्राफिक प्रहरीले न देखे, न त महसुस नै गरे । 

पछाडिको सिटमा बसेको मैले सोचेँ रोशा ठीक भन्छिन् । हामीले कहिले पनि बूढापाका भएर सोचेनौ । सोचिदिएको भए सायद बसका ती वृद्धहरूले तीनकुने नजिक ओर्लेर फेरि कोटेश्वर फर्किनु पर्नेथिएन ।
दृश्य तीन :
यसपटक म कार्यालय नजिकैको बस स्टप थापाथलीबाट ललितपुर यातायातको बस चढेँ । मलाई पुग्नु थियो जमल । गाडीमा उक्लिनासाथ गाडी गुड्यो । गुडीनै रह्यो– सुनधारा, भोटाहिटी, जमल, दरबार पश्चिम ढोका हुँदै । कतै रोकिएन् बस ।

बसबाट ओर्लन खोज्ने मजस्ता यात्रु कराउन थाले । बाहिर चढ्न खोज्नेको भिड पनि उत्तिकै थियो । तर, कसैको जोर चलिरहेको थिएन । किनभने, सबैतिर ट्राफिक प्रहरी लहरै बसेका थिए । यो स्थितिमा चालकले बस रोक्ने अवस्था नै थिएन । 
बस एकैपटक लैनचौर पुगेर रोकियो । भोटाहिटी जमल ओर्लने यात्रु सबै मुर्मुरिएका थिए । म पनि मुर्मुरिँदै जमल फर्किएँ । त्यहाँबाट पैदल फर्किनुको विकल्प थिएन । 

त्यहीँ लैनचौरमा झरेका बुढापाका कसरी फर्किए होलान् ? तिनको अवस्था के भयो होला ? त्यता कस्ले सोचिदिने ? कि तिनलाई भनिदिनु पर्थ्योे ट्राफिकले, ‘तपाईँ थापाथलीबाट लैनचौर गएर झर्नुस् । लैनचौर पारि गएर टेम्पो चढेर जमल प्ुुग्नुस् । हैन भने ट्याक्सी लिनुस् ।’ 

के गर्ने, लैनचौरबाट जमलसम्मको सानो दूरीमा ट्याक्सी पनि जान मान्दैनन् ! गाह्रो यहाँ पनि छ । 

दृश्य चार :
आज मंगलबार बिहान कार्यालय समयको प्रसंग हो । बसमै थिएँ । नयाँ वानेश्वरको ट्राफिक लाइटमा गाडी रोकियो । यात्रु झार्न देब्रेतर्फ रोकिनुपर्नेमा दाहिनेतिर गएर चालकले गाडी रोके । त्यसै बसबाट एकजना दृष्टिविहीन प्रौढ व्यक्ति ओर्लिए । सहचालकले पनि ओराले र त्यत्तिकै बीच सडकमा छोडिदिए । तिनले पेटीमा पु¥याउने कर्म गरेनन् । न त तिनले ती दृष्टिविहीन कसरी पारि पुग्लान् भन्ने नै सोचे । 

एक अर्का यात्रु सहृदयी रहेछन् । सडकको बीचमा अलमलिइरहेका दृष्टिविहीन यात्रुलाई समाएर उनले पारि पु¥याइदिए । यसरी नयाँवानेश्वरमा दृष्टिविहीन यात्रु पनि ओर्लनेछन् भन्ने थाहा पाएका सहचालक वा खलासीले गाडीलाई देब्रेतिर रोक्न लगाउनुपर्ने होइन ? तर, चालक सहचालकलाई त्यसबारेमा कुनै मतलब छैन । र, ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने यस्ता विषयमा कहिल्यै ध्यान दिँदैनन् । यता पनि तिनको ध्यान जानुपर्ने त हो नि ! 

यी मजस्तो सार्वजनिक यातायात चढ्नेले दिनहुँ भोग्ने समस्या हो । तर यसलाई न त चालक सहचालकले समस्या मानेका छन् न ट्राफिक प्रहरीले नै । मैले रोशालाई फेरि सम्झिएँ, चालक, सहचालक, ट्राफिक प्रहरी, तिनका ठूलाठूला पदधारी हाकिमले आफूलाई ७०/७५को उमेरको भएर किन सोच्दैनन् ? यतातिर अलिकति पनि सरोकारवालाहरुले सोचिदिएको भए र सकारात्मक दृष्टिकोण राखिदिएको भए आज बूढापाकाले दैनिक यस्ता समस्या भोग्नुपर्ने थिएन होला । बस चालक र ट्राफिक प्रहरीको क्रियाकलाप हेर्दा लाग्छ – वृद्ध हुनु अभिशाप हो ! त्यसो भए वृद्धवृद्धा, अशक्त र बिरामीहरूलाई सार्वजनिक यातायातमा चढ्नै निषेध गरौँ ।  
     
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC