site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार माफिया, दलाल र विचौलियाको चङ्गुलमा फसेको प्रदीप पौडेलको आरोप
Sarbottam CementSarbottam Cement

जाजरकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकार माफिया, दलाल तथा विचौलियाको चङ्गुलमा फसिसकेको आरोप लगाएका छन् । नेविसंघ जाजरकोटको १० औं अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारले अहिले माफिया, दलाल तथा विचौलियालाई मात्र पोस्ने काम गरेको दाबी गरे । 

“निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेर सरकारले आफ्नो लाचारी प्रमाणित गरेको छ, घटनाक्रमले पन्तको हत्याराले सरकार नै हल्लाउन सक्ने सङ्केत दिएकाले, वास्तविक हत्यारा पत्ता लाग्ने सम्भावना पनि कम छ,” नेता पौडेलले भने । “चरम यातना दिई पटक पटक निर्दोषलाई फसाउने काम भएको छ, लोकतान्त्रिक राज्यमा यो भन्दा घृणित काम अरु हुनै सक्दैन,” पौडेलेको भनाइ थियो । निर्मलाको हत्यारा पत्ता लागिसक्यो भन्दै हिँड्ने उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले तत्काल नैतिकताको आधारमा राजीनमा दिनुपर्ने मागसमेत पौडेलले गरे । कम्युनिष्टले आफ्नै मात्र स्वार्थ हेर्ने भएकाले जनतालाई वास्तविक रुपमा अधिकार सम्पन्न बनाउन कांग्रेसको विकल्प नभएको पौडेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हिजो जनताका छोराछोरी पढ्ने विद्यालयमा बम पड्काउने कम्युनिष्ट नेताहरुले आज विदेशी भूमिमा आफ्ना छोरा छोरीको दिक्षान्त समारोहको फोटो हाल्दै फेसबुक र ट्विटरको भित्ता भरिरहेका छन्, जनयुद्धको नाममा निर्दोष जनता माथि भएको यो चरम धोकाबाजीको पराकाष्ठा हो,” पौडेलको भनाइ थियो । सरकारको लाचारी तथा निरिहताका कारण यो व्यवस्था नै गुम्ने खतरा उत्पन्न भएको भन्दै पौडेलले अब आम जनता नै सरकारका गलत काम कार्वाहीको पर्दाफास गर्न मैदानमा उत्रनुपर्ने बताए । राष्ट्र र राष्ट्रियतालाई कांग्रेसले सधैं उच्च प्राथमिकता दिएको भन्दै पौडेलले मुलुकलाई निकास दिन अब कांग्रेस नेतृत्व विगतको कमी कमजोरी सच्याउँदै जिम्मेवार रुपमा प्रस्तुत हुने धारणा राखे ।  


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC