site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लामो दुरीमा दुई चालक अनिवार्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले लामो दुरीका सवारीमा अनिवार्य दुई चालक रहनुपर्ने व्यवस्था गरेको छ । यसका लागि ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीसँग आवश्यक छलफल गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयारी सुरु गरेको छ ।
लामो दुरीमा चल्ने सवारी साधन एउटै चालकले हाँक्दा निद्राका कारण सवारी दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ । सोमबार सिंहदरबारमा बसेको संसदीय विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री रघुवीर महासेठले मन्त्रालयले यसको तयारी सुरु गरेको बताए । 
“लामो दुरीमा दुई चालक अनिवार्य गरेपछि हालको सवारी दुर्घटनामा केही कमी आउने आकलन गरिएको छ । काँकडभिट्टा–काठमाडौं, धनगढी–काठमाडौंजस्ता रुटमा चल्ने सवारीमा चाँडै दुई चालकको व्यवस्था गरिने छ,” मन्त्री महासेठले भने ।
लामो रुटमा हाल रिफ्रेस सेन्टर नभएकाले यात्रु र चालकलाई यात्रा असहज भएको बैठकमा सांसदहरुले बताएका थिए । मन्त्री महासेठले लामो दुरीका चालक र यात्रुलाई सहज हुने गरी रिफ्रेस सेन्टर स्थापना गरिने पनि बताए ।
“खाजा खाने, मुख धुने व्यवस्था रिफ्रेस सेन्टरमा हुनेछ । जसले चालक र यात्रुलाई यात्रामा सहजता हुने छ,” मन्त्री महासेठले भने । 
   

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC