site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हत्या, बलात्कार, बेपत्ता पारिएकोजस्ता जघन्य अपराधको सन्देह हुनेबित्तिकै प्रहरी आफैँले कारबाही अगाडि बढाउनुपर्ने हो । तर, कथित ‘लिटिल बुद्ध’ रामबहादुर बमजनविरुद्ध भने सार्वजनिकरूपमै जघन्य अपराधमा संलग्न भएको आरोप लगाइँदा र किटानी जाहेरी दिँदासमेत प्रहरीले कारबाही सुरु गरेको देखिएन । बमजन विभिन्न अपराधमा संलग्न भएको आरोप सञ्चार माध्यममार्फत् लगाइन थालेको केही वर्ष नै भइसक्यो । केही दिन पहिले त एक महिलाले आफूलाई बमजनले बलात्कार गरेको आरोप पत्रकार सम्मेलन गरेरै लगाइन् भने बमजनका अनुयायीले आरोप झुटा भएको दाबी गरे । पत्रपत्रिकामा बमजनमाथि लागेका आरोपहरू प्रकाशित हुन थालेपछि धेरैले न्यायको माग गर्न थालेका छन् । सार्वजनिक भएका घटनाहरूले हाल जेलमा रहेका भारतका केही कुख्यात बाबाहरूको झल्को लाग्छ ।  

आरोप लाग्ने वा लगाइनेबित्तिकै कसुरदार ठहर गर्नु न्यायसंगत हुँदैन । तर, कुनै धार्मिक वा अरू आवरणमा रहेको व्यक्ति भन्दैमा आरोपलाई छानबिनैै नगरी खारेज गर्नु पनि न्यायोचित होइन । संगठित समूहका सामु व्यक्ति कमजोर हुन्छ । त्यसैले समूहले समेत व्यक्तिमाथि अन्याय गर्न नसकोस् भनेर समाज र राज्यको संरचनालाई व्यक्तिले स्वीकार गरेको हो । कुनै पार्टीको नेता वा मठ, गुम्बा, गिर्जाको प्रमुख वा अरू कुनै संगठित समूहको सदस्य भएकै कारण व्यक्ति विशेषले अत्याचार गर्ने र राज्यको कानुन पालना गराउने निकाय त्यसमा मौन रहने हो भने राज्य र कानुनप्रति जनविश्वास गुम्छ । अतः प्रहरीले यस विषयमा छानबिन थालेर त्यसको सार्वजनिक जानकारी दिनु आवश्यक देखिन्छ । 

बमजनका अनुयायीले दाबी गरेजस्तो आरोप असत्य हो भने पनि प्रहरीले छानबिन गर्नु जरुरी हुन्छ । पहिलो त हत्या, बलात्कारजस्ता सरकारवादी फौजदारी मुद्दामा किटानी जाहेरी परेपछि प्र्रहरीले अनुसन्धान गरी मुद्दा चलाउनै पर्ने प्रावधान छ । त्यसमाथि पीडित भनिएकामात्रै हैन पीडक भनिएका बमजनकै अनुयायीले पनि प्रहरीले छानबिन गरोस् भन्ने माग गरिसकेका छन् । कुनै सामान्य व्यक्तिमाथि यति धेरै जनाले यति गम्भीर आरोप लगाएर किटानी जाहेरी दिएको भए प्रहरीले यसरी नै मौन रहन्थ्यो त ? तपस्वीको भेषमा हुँदैमा रामबहादुर बमजनमाथि अर्कै व्यवहार गर्नु भेदभाव हो । निर्मला बलात्कार तथा हत्या काण्डमा बदनाम भइरहेको नेपाल प्रहरीलाई थप विवादास्पद र कमजोर हुन नदिन पनि रामबहादुर बमजनमाथि कारबाही सुरु गर्नु आवश्यक देखिन्छ । मुलुकमा विधिको शासन भएको देखाउने यस्तै अवसरमा त हो । प्रहरीले छानबिन थालेमा बमजनकै अनुयायीले पनि त्यमा सहयोग गर्नुपर्छ । यस्तो प्रवृत्तिलार्इ उपेक्षा गर्दा ठूलो अनीष्ट हुनसक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC