site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कर्मचारी समायोजनमा देखिएको अलमल र अस्पष्टताले राजनीतिक नेतृत्वको नालायकी र उच्चपदस्थ कर्मचारीको बदनियतको पोल खुलेको छ । देशले संघीयता अपनाएको तीन वर्ष भइसक्ता पनि कर्मचारी समायोजनलाई प्राथमिकता दिइएन । यद्यपि, ‘स्थायी सरकार’ भनिने कर्मचारीतन्त्र अहिलेसम्म राज्यको अनुहार मानिदै आएको छ । स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूबाहेक जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने र जनताले राज्यबाट पाउने सेवा र सुविधा उपलब्ध गराउने जिम्मा पनि कर्मचारीतन्त्रलाई नै दिइएको छ । यति महत्त्वपूर्ण संयन्त्र भए पनि राजनीतिक नेतृत्वले प्राथमिकता नदिएकाले अहिले सबैभन्दा बढी नीति र व्यवहारगत अन्योल कर्मचारीहरूकै विषयमा भएको देखिन्छ ।

केही दिन चलेको निजामती सेवाका विशेषगरी स्थानीय तहका कर्मचारीहरूको आन्दोलन हाल स्थगित भएको छ । सरकारले संसद्लाई छलेजस्तै गरेर अधिवेशन सुरु हुनै लागेका बेला कर्मचारी समायोजनसम्बन्धी अध्यादेश जारी गरेर निजामती सेवालाई लथालिंग बनाउने प्रयत्न गर्दैछ । सत्तारुढ दलका अध्यक्ष र सम्बन्धित मन्त्री कर्मचारीलाई धम्की दिइरहेका छन् । निजामती कर्मचारी खटाएको ठाउँमा जानुपर्छ भन्नेमा पक्कै पनि विवाद छैन । तर, समायोजनका क्रममा पहुँचका आधारमा कसैलाई काखा र कसैलाई पाखा गरेको देखिएपछि कर्मचारीहरूमा असन्तुष्टि व्याप्त हुनु अस्वाभाविक होइन । यस्तै, स्थानीय तहमा पठाइएका कर्मचारीको वृत्ति विकासमा तगारो लागेको ठानेर पनि उनीहरू आन्दोलित र असन्तुष्ट भएको देखिएको छ । 

कर्मचारीलाई रिझाउने नाममा अराजकतालाई प्रोत्साहित गर्न पनि मिल्दैन । अर्कातिर, उनीहरूलाई अन्याय भएको लाग्यो भने तिनीहरूबाट काम लिन पनि सकिँदैन । कर्मचारीलाई कजाउने सबैभन्दा उत्तम उपाय सम्भवतः उनीहरूमा आफूमाथि अन्याय नहुने विश्वास दिलाउनु नै हो । यसैले कर्मचारीलाई तर्साएर तह लगाउने अधिनायकवादी सोच सत्तारुढ कम्युनिस्ट पार्टीका नेताहरूले छाड्नुपर्छ । त्यतिमात्र हैन, सरकारको हर्ताकर्ताका रूपमा रहेका केन्द्रका कर्मचारीको स्वार्थमात्र पूरा हुने र बहुसंख्यक कर्मचारीमाथि अन्याय हुने प्रावधान अध्यादेशबाट हटाउनुपर्छ । कर्मचारीको संगठित हुने अधिकार संविधानले नै दिएको हो । खुला छलफल गरेर पारदर्शी प्रक्रिया अपनाई समायोजनको व्यवस्थापन गरे कर्मचारी पक्कै अराजक हुनेछैनन् । कर्मचारीसँग संवाद गरेर समायोजनको व्यवस्थापन गर्नुको साटो धम्कीको सहारा लिनु राजनीतिक र प्रशासनिक नेतृत्वको नालायकी हो । त्यति गरेपछि पनि अटेर गरे कसैले भने कारबाही गर्दा संसद्, सञ्चार माध्यम र जनता सबैले सरकारको साथ दिनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०७५  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC