site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

डोटी । डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले स्थानीयवासीको स्वास्थ्य सेवाका लागि एम्बुलेन्स पाएका छन् । 

उक्त दुई वटा गाउँपालिकामा एम्बुलेन्स नहुँदा स्थानीयवासीलाई छिटो, छरितो स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी आनन्द विष्टको पहलमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

एक गाउँपालिकामा रु ११ लाख गरी दुई गाउँपालिकाको लागि कुल रु २२ लाखको लगानीमा आफूले पहल गरी एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्टले जानकारी दिए । “एम्बुलेन्स नहुँदा जनतालाई समस्या भयो भन्ने जानकारी पाएकाले मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरीद गरेर हस्तान्तरण गरेको छु”, उनले भने ।  

विष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गरेका थिए भने अर्को बडीकेदार गाउपालिकाको एम्बुलेन्स आज गाउँपालिकाकै कार्यालय खड्यौलीमा पुगेर हस्तान्तरण गरे । डोटी जोरायल गाउँपालिका–५ गड्सेरका स्थानीयवासी रहेका काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्ट अमेरिका बस्छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC