site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परराष्ट्र मन्त्रालयको वक्तव्य काण्ड : छानबिन गरेर दोषीलाई कारबाही गरौं
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

परराष्ट्र मन्त्रालयको हिजोको वक्तव्यको बारेमा सुनें । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको ट्विटर पनि हेरेको थिएँ । मन्त्रालयको वेबसाइटमा त इण्डोनेसियाका राष्ट्रपतिलाई हाम्रो राष्ट्रपतिले सुनामीका कारण भएको क्षतिको बारेमा समवेदना पठाएको उल्लेख छ । फेरि मिडियालाई पठाएको वक्तव्यमा भने फरक पर्यो भन्ने सुनें । परराष्ट्र मन्त्रालयले क्षमायाचना गरेको कुरा पनि सुनियो । कसरी यस्तो भएको हो मैले बुझ्न पाएको छैन । तर, यसो गर्नु राम्रो होइन । यस्ता कुरामा परराष्ट्र मन्त्रालयले गंभीरता देखाउनु जरुरी हुन्छ । अहिलेका चर्चा सुन्दा कर्मचारीले गंभीरता देखाएको जस्तो लागेन । 
इण्डोनेसियामा नै बधाई दिएको वक्तव्य पठाएको हो भने त त्यो भन्दा अक्षम्य कुरा केही पनि हुँदैन ।  तर, उता नपठाएको  र यता  स्वदेशी तथा  विदेशी मिडियालाई मात्रै गल्ति भएको वक्तव्य पठाएको पनि सुनें । मिडियालाई पनि गलत पठाउन भएन । किनकि मिडिया मार्फत नै सबैले जानकारी पाउने हो । कसरी यस्तो भयो अचम्म लागेको छ । जसरी भएपनि परराष्ट्र मन्त्रालयले यसबारेमा छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ । यस्ता कुरा आगामी दिनमा नदोहोर्याउनका लागि गंभीरतापूर्वक ध्यान दिनु पर्दछ । यस्तो वक्तव्यको मस्यौदा बनाएको त वरिष्ठ कर्मचारीले नै होला ।  तर किन यस्तो भयो ? यो गम्भीर कुरा हो । इण्डोनेसियालाई पठाएको मस्यौदा चाहिं ठीक छ र मिडियालाई पठाउनेले गलत पठाएको हो भने त्यो कसले पठाएको हो, परराष्ट्र मन्त्रालयलाई थाहा हुनुपर्छ । यो त जिस्क्याएको जस्तो भयो । इण्डोनेसियामा नै यस खालको वक्तव्य पठाएको हो भने त्यो भन्दा नराम्रो कुरा केही हुँदैन । यसरी वक्तव्य पठाउनु भनेको जानीजानी पठाएको जस्तो भयो । गलत भयो, आगामी दिनमा यस्ता कुरा दोहोरिनु हुँदैन । 
कहिलेकाही राष्ट्रपतिको सचिवालयले पनि यस खालको पत्र तयार पार्ने चलन हुन्छ । तर, अहिले राष्ट्रपतिको कार्यालयमा परराष्ट्र मामिला हेर्ने व्यक्ति भएजस्तो लागेन । त्यसैले परराष्ट्र मन्त्रालयका तर्फबाट पत्र बनाइएको होला । तर, अक्षम्य गल्ति भएछ । त्यसैले यस्ता गल्ति दोहोरिन नदिनका लागि आगामी दिनमा परराष्ट्र मन्त्रालय सचेत रहनु पर्दछ  । सानो गल्तिले देश देशबीचको सम्बन्धमा नै असजिलो अवस्था आउन सक्छ । त्यसैले कसले यस्तो गर्यो, त्यो पत्ता लगाएर प्रशासनिक कारवाही गर्नु जरुरी हुन्छ । यो निकै नै गम्भीर कुरा भयो । यसलाई त्यत्तिकै गंभीर हिसाबले लिनुपर्छ । यसरी पत्र इण्डोनेशियामा पनि गएको भए त सुनामीमा परेको त्यो राष्ट्रलाई अर्को थप्पड हान्नु जस्तै हुने थियो । यसरी गल्ति गर्नु हुँदैनथ्यो । परराष्ट्र मन्त्रालय भनेको गम्भीर मन्त्रालय भएकोले कर्मचारीपनि त्यत्तिकै गम्भीर हुनु जरुरी हुन्छ ।  यो देश—देशको कुरा र व्यवहार हुने स्थान हो । त्यसैले यसमा ख्याल ठट्टा गर्नु हुँदैन । आन्तरिक रुपमा छानबिन गरी दोषीलाई कारवाही गरौं । यसो गरिएमा नै आगामी दिनमा यस्ता गल्ति दोहोरिदैनन् । 

   (३८ वर्ष परराष्ट्र मन्त्रालयमा काम गरेर सहसचिवको रुपमा अवकाश पाएका पूर्व राजदूत राजभण्डारीसँगको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC