site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विज्ञप्तिमा त्रुटि गर्ने परराष्ट्रका कर्मचारीसँग मागियो स्पष्टीकरण 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इन्डोनेसियामा गएको सुनामीसम्बन्धी परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा त्रुटि गर्ने कर्मचारीसँग स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण प्राप्त भएपछि तथ्यका आधारमा संलग्नलाई उचित कारवाही गरिने परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियामा सुनामीका कारण सयौंको ज्यान गएकोमा त्यहाँका समकक्षीलाई एक सन्देश पठाई बधाई दिएको उल्लेख थियो । 

“सम्माननीय राष्ट्रपतिज्यूबाट इन्डोनेसियाका महामहिम राष्ट्रपतिज्यूलाई प्रेषित सन्देशमा त्रुटि भएको नभइ मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटि हुन गएको देखिन्छ । त्रुटिप्रति मन्त्रालयले तत्कालै क्षमायाचनासहित स्पष्ट पारिसकेको छ,” परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको निजी सचिवालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ, “त्रुटि कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीहरुसँग स्पष्टीकरण माग गरिएको छ र तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ ।”

Agni Group

विज्ञप्तिमा स्पष्टीकरण माग गरिएको भनिएपनि विज्ञप्ति बनाउँदा को–को संलग्न थिए र को–कोसँग स्पष्टीकरण माग गरिएको हो केही उल्लेख गरिएको छैन । परराष्ट्रको त्रुटिपूर्ण विज्ञप्तिलाई लिएर बुधबार सामाजिक सञ्जालमा परराष्ट्र र सरकारको व्यापक आलोचना भएपछि बुधबारनै अर्को विज्ञप्ति जारी गरी परराष्ट्रले माफी मागेको थियो । 

परराष्ट्र मन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएको प्रतिक्रियाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC