site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रक्षा मन्त्रालयका तालुकवाला उपप्रधानमन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीमाथि सार्वजनिकरूपमा ढाँटेको आरोप लागेको छ । उपप्रधानमन्त्री पोखरेलले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसक्यो भनेर झुटो बोलेको पुष्टि भएको हो । निर्मलाको हत्याको सन्देहमा पक्राउ गरिएका युवकलाई हत्यारा साबित गर्न प्रहरीले यातना दिएको दाबी ती युवाले गरेका छन् । प्रहरी हिरासतमा यातना भोग्दै गरेका युवालाई लक्षित गरेर उपप्रधानमन्त्री पोखरेलले सार्वजनकरूपमै हत्यारा पत्ता लागेको दाबी गरेका थिए । परन्तु, पोखरेलले हत्यारा पक्राउ परेको दाबी गरेको केही दिनपछि प्रमाणको अभावमा प्रहरीले दुवै युवालाई रिहा गरेको छ । अर्थात्, उपप्रधानमन्त्री पोखरेलले जनतालाई ढाँटेको पुष्टि भयो । 

मन्त्री अधिकारीले दिएको विमान खरिद प्रकरणमा महालेखा परीक्षकसँग परामर्श गरेर रकम भुक्तानी दिएको भन्ने वयानलाई महालेखा परीक्षक स्वयंले ‘हावादारी’ भनेका छन् । नेपाल वायुसेवा निगमले किनेको एअरबसको वाइडबडी विमानको रकम भुक्तानी गर्दा महालेखारीक्षकसँग परामर्श गरेको वयान मन्त्री अधिकारीले संसदीय समितिमा दिएका थिए । मन्त्रीको वयान सार्वजनिक हुनेबित्तिकै महालेखा परीक्षकले सार्वजनिकरूपमै प्रतिवाद गरेका छन् । मन्त्रीले वयान दिएजस्तो परामर्श हुँदै नभएको खुलासा महालेखापरीक्षकले गरेका छन् । महालेखा परीक्षक संवैधानिक पदाधिकारी हुन् । विमान खरिद गर्दा भुक्तानी दिने विषयमा महालेखा परीक्षकसँग परामर्श गर्ने अभ्यास पनि छैन । यसै पनि महालेखा परीक्षकले खरिद भइसकेपछि परीक्षण गर्ने हो । 

मन्त्री तथा अन्य सरकारी अधिकारीमा जनतामात्र हैन सांसदहरूसमेत बुद्धु हुन्छन् र यिनलाई जे भनिदिए पनि पत्याउँछन् भन्ने सोच देखिन्छ । यस्तो गैरजिम्मेवार मानसिकता लोकतान्त्रिक शासन व्यवस्था विपरीत हुन्छ । लोकतन्त्रमा राजनीतिक नेतृत्व पनि उत्तरदायी हुनुपर्छ । नेपालका मन्त्रीहरू भने न झुटो बोल्न हिचकिचाउँछन् न आफूले बोलेको झुटो साबित भएपछि पनि पदमा बसिरहन लाज मान्छन् । सार्वजनिकरूपमा झुटो बोलेको प्रमाणित भएपछि पनि पदमा बसिरहनु नैतिक आधारमा उचित हुँदैन । यसैले, नैतिकतालाई महत्त्व दिने हो भने झुटो बोलेको पुष्टि भएपछि मन्त्रीहरूले राजीनामा दिनुपर्छ । नैतिक आधारमा पद त्याग गर्ने आँट नहुनेहरूले पनि झुटो बोलेबापत कम्तीमा जनतासँग क्षमा याचना गर्नुपर्छ । मन्त्री वा सरकारी पदाधिकारीले ठानेजस्तै जनता बुद्धु हुँदैनन् र ढाँट्नेहरूलाई जनताले सधैँ माफ गर्दैनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC