site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘गोपी’को प्रचारका लागि कविता प्रतियोगिता आह्वान
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  चलचित्र ‘गोपी’को प्रचारका लागि कविता प्रतियोगिता आह्वान गरेको छ । आरोही इन्टरटेनमेन्ट प्रालिले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने बताइएको छ । ७ जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । सहभागीले ‘गोपी’ को ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।

सहभागीहरुले कविता nepalimoviegopi@gmail.com मा पठाउनुपर्नेछ । 

Global Ime bank

सहभागीहरुबाट प्राप्त कवितालाई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ गतेसम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ ।

गोपी फिल्मलाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । “स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्यप्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुनेछ,” उनले भने । 

चलचित्र गोपी आगामी माघ १८ गते रिलिज हुँदैछ । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता छन् । विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले चलसचत्रमा अभिनय गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC