site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सार्वजनिक यातायात क्षेत्रमा सिन्डिकेट चलाइरहेका यातायात समिति र संघहरूविरुद्ध सरकार सुरुमा निकै आक्रामकरूपमा प्रस्तुत भयो । सरकार साँच्चै नै सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि अग्रसर भएको ठानेर त्यसको व्यापक समर्थन पनि भयो । तर, सरकारको नियत स्पष्ट र स्वच्छ नभएका कारण त्यो व्यापक समर्थन जनहितमा प्रयोग गर्न लागेन । सरकारको प्राथमिकता सार्वजनिक यातायातलाई बढी सुरक्षित, सुविधाजनक र सुलभ बनाउने हुनुपथ्र्यो । तर, सरकारको आँखा त यातायात समितिको नाममा जम्मा भएका पैसामा पो केन्द्रित भयो । संघ र समितिहरू कानुनबमोजिम गठित संस्था हुन् । यसैले तिनले गैरकानुनी काम गरेमा सरकारले पनि प्रचलित कानुनअनुसार उपचार खोज्नुपर्छ । तर, सरकारले भने प्रशासनिक शक्ति र रकमी जालझेल प्रयोग गर्न खोज्यो । त्यसले गर्दा यातायात समितिहरूले पनि सरकारलाई हेपे । जनमानसमा पनि सरकारको नियतप्रति सन्देह उत्पन्न भयो । यही कारणले सरकार यस्ता समितिहरूको म्याद थप गरिरहन बाध्य भएको हो ।

सरकारी अधिकारीहरूले समितिहरूको अनावश्यक र अनुचित खेदो खने । समितिहरू समस्या हैनन् । समिति खारेज गरेर सार्वजनिक यातायात सेवा सुरक्षित र सुविधाजनक हुने पनि हैन । सरकारी अधिकारीले भने यति सामान्य यथार्थ पनि बुझ्न चाहेनन् । यसैले यातायात समिति खारेज गरेर तिनको नाममा रहेको पैसा हत्याउने सरकारी अधिकारीको ध्याउन्न पूरा भएन । समितिको पैसा यातायात सेवामा सुधार र सम्बन्धित मजदुरको कल्याणमा लगाउन सरकारले प्रेरित गरेको भए त्यसको सकारात्मक परिणाम निस्क्ने थियो । सार्वजनिक यातायातलाई सुरक्षित, सस्तो र सुविधाजनक हुनुपर्छ भन्ने सरकारले सबैभन्दा पहिले स्वीकार गरोस् । त्यसका लागि समितिहरूसँग सहकार्य गर्ने, नियमन गर्ने र सडकमा प्रतिस्पर्धा हुने वातावरण निर्माण गर्नुपर्छ । 

अहिले अवस्था हेर्दा सरकार सार्वजनिक यातायातमा सुधार गर्न असफल भएको देखिन्छ । तोक्नै नपर्ने म्याद  तोकेपछि थपेको थप्यै त गर्नै पर्छ । राज्यले सडक यातायात पूरै निजी क्षेत्रको जिम्मामा छाड्नै हुँदैनथियो । त्यो गल्ती सच्याउन निजी क्षेत्रसँग साझेदारी गरेर आफ्नो उपस्थिति बढाउनुपर्छ । हतियार वा हेलिकप्टर किन्ने काम दुई वर्षपछि गरे पनि जनतालाई फरक पर्दैन । कमिसन केही ढिलो हात पर्नेमात्रै हो । तर, त्यति नै पैसामात्र पनि सार्वजनिक यातायातमा लगानी गर्ने हो भने जनताले तत्काल सुविधा पाउनेछन् र त्यसको प्रतिफल पनि हासिल हुनेछ । यसैले सरकारले प्राथमिकता बदल्नुपर्छ । सरकारले सार्वजनिक यातायातमा लगानी र नियमन बढाएमात्र सिन्डिकेट हटाउने प्रचारलाई जनताले पत्याउनेछन् । शासकहरूले विलासलाई दिने प्राथमिकता, लगानी र समयको केही भाग त जनताका लागि पनि लगाऊ भन्नु सरकारविरुद्धको षड्यन्त्र त ठहरिँदैन होला नि ! 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC