site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भावी प्रधानन्यायाधीशसँगका अपेक्षा

नेपालको आधुनिक न्यायिक इतिहासको करिब सात दशकको अवधिमा न्यायिक प्रणाली अहिलेजस्तो कमजोर कहिल्यै पनि देखिएको थिएन । यो अवस्थामा चोलेन्द्र शमशेर राणा चार वर्षे कार्यकालका लागि प्रधानन्यायाधीश हुँदै हुनुहुन्छ । उहाँ वकिलको रुपमा समेत काम गरेर आउनु भएको र अहिले प्रधानन्यायाधीश हुन लाग्नु भएकोले उहाँलाई न्यायिक क्षेत्रको राम्रो अनुभव पनि रहेको छ । 

अहिले न्यायालयमा अनियमितता, बेथिति र भ्रष्टाचार व्याप्त रहँदै आएको अवस्था छ । त्यसैले उहाँले यसको रोकथामका लागि आफ्नो कार्यकालमा काम गर्नुपर्दछ भन्ने लाग्छ । त्यसबाहेक अदालतमा अहिले गुटबन्दी पनि छ । कोही न्यायाधीश नेपाली कांग्रेसका भनेका छन्, कोही कम्युनिष्ट भनेका छन् । पार्टीको नाममा अदालतमा गुटबन्दी विद्यमान छ । नयाँ प्रधानन्यायाधीशको कार्यकालमा यस्तो गुटबन्दी हुनु हुँदैन । न्यायाधीश दलको प्रतिनिधिको रुपमा गुटबन्दी गर्ने अवस्था हुनु हुँदैन  । त्यसैगरी मुद्दाहरुको भार पनि अदालतमा व्यापक रुपमा रहेको अवस्था छ । यो अवस्थामा नयाँ प्रधानन्यायाधीशले केही न केही गर्नुपर्दछ । चाँडो भन्दा चाँडो मुद्दा छिनोफानो गर्नेतर्फ कदम चाल्नु जरुरी हुन्छ  ।प्रधानन्यायाधीले अदालतको न्यायिक र प्रशासनिक नेतृत्व पनि  सम्हाल्ने हो । त्यसैले नयाँ प्रधानन्यायाधीशले दुवैको नेतृत्व राम्रो ढंगले लिएर अहिलेको अवस्थामा सुधार गर्नु जरुरी हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले देशमा जति पनि न्यायालय छन्, ती सबै नेतृत्वविहीन भएको जस्तो अवस्था देखिएको छ । जिल्ला न्यायाधीश वा मुख्य न्यायाधीश तहबाट कुनै गलत काम हुन्छ भने त्यो प्रधानन्यायाधीशलाई थाहा नभई हुनै सक्दैन । त्यसैले तल्लो तहदेखि नै सुधार गर्नका लागि प्रधानन्यायाधीशले चाहने हो भने त्यो सम्भव हुन सक्छ । उहाँ निडर भएर न्यायिक क्षेत्रमा सुधार ल्याउनका लागि लागिपर्नुपर्छ । त्यसो भएमा नै यो क्षेत्रप्रति आशा बढ्न सक्छ । नयाँ प्रधानन्यायाधीश अनुभवी पनि भएकोले उहाँबाट त्यस अनुसार काम हुने अहिलेलाई अपेक्षा गरौं ।

अब हुने प्रधानन्यायाधीश  अलि भावुक हुनुहुन्छ भन्ने कुरा पनि आइरहेको छ । तर, उहाँ निडर पनि हुनुहुन्छ भन्ने कुरा पनि छ । त्यसैले यो निडरता र भावुकतालाई सन्तुलनमा ल्याएर उहाँले काम गर्नुहुन्छ भन्ने  अहिलेलाई ठानौं । स्वतन्त्र ढंगले निडरता र निर्भिकताका साथ उहाँले काम गर्नुभएमा नै न्यायालयमा रहेको विकृति र विसंगति अन्त्य गर्न सकिन्छ । त्यसो नहुने हो भने यो क्षेत्र अझ बिग्रनेछ । त्यसैले उहाँले यी कुरामा ध्यान दिएर अघि बढ्नु पर्दछ । 

Global Ime bank

त्यसैले बुँदागत रुपमा भन्नुपर्दा नयाँ प्रधानन्यायाधीशले अहिले कमजोर देखिएको न्यायालयलाई बलियो बनाउनु पर्यो, न्यायालयमा रहेका विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गर्नुपर्यो, कांग्रेस—कम्युनिष्टको नाममा अदालतमा भइरहेको गुटबन्दी अन्त्य गर्नुपर्यो, अदालतमा रहेका मुद्दाको ‘लोड’ घटाउनुपर्यो, न्यायालयलाई न्यायिक र प्रशासनिक नेतृत्व दिनुपर्यो र तल्लो तहका न्यायालयहरुलाई पनि उचित नेतृत्व प्रदान गरेर त्यहाँका बेथितीलाई नियन्त्रण गर्नुपर्यो । यति भएमा न्यायालय क्षेत्रमाथिको जनविश्वास बढ्ने अपेक्षा गर्न सकिन्छ । 

(संविधानविद् आचार्यसँगको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC