देश
काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका विशाल चौधरी छुटेका छन् ।
कञ्चनपुर प्रहरीले शनिबार चौधरीलाई उनका बुवाको जिम्मा लगाएको हो । आवश्यक परेको खण्डमा उपस्थित हुने कागज गराएर चौधरीलाई परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।
अनुसन्धानका लागि भन्दै पक्राउ गरिएका प्रदीप रावल भने अझै प्रहरी हिरासतमा छन् ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०७५ १६:५९
प्रतिक्रिया दिनुहोस्