site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘विदेशी खेलाडी क्लियर छन्, नेपाली कन्फ्युज्ड’
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र एभरेष्ट प्रिमियर लिग (ईपीएल) नेपाली क्रिकेटमा हुने ठूला फ्रेन्चाइज प्रतियोगिता हुन् । तीनै प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्छन् । तीनवटै प्रतियोगितामा सहभागी टोलीले निश्चित संख्यामा विदेशी खेलाडी राख्नैपर्ने नियम छ । 

नेपाली क्रिकेटमा प्रचुर सम्भावना भए पनि पर्याप्त मात्रामा प्रतिस्पर्धात्मक खेलको अनुभव नहुँदा महत्वपूर्ण अवसरमा चुक्ने गरेको यथार्थलाई घरेलु लिगमा आउने विदेशी खेलाडीको उपस्थितीले केही हदसम्म राहत मिल्ने अपेक्षा थियो । त्यहीअनुसार सहभागी फ्रेन्चाइज टिमहरुले विदेशी खेलाडी ल्याउने क्रममा आक्रामक बन्दै जाँदा अहिले दक्षिण अफ्रिकाका रिचार्ड लेवीदेखि स्कटल्यान्डका कप्तान काइल कोइट्जरसम्म नेपाली मैदानमा छक्का र चौका बर्साइरहेका हुन्छन् भारतका सन्नी पटेल, गौरव तोमर, रविइन्दर सिंह, हङकङका कप्तान बाबर हायत, यूएईका कप्तान रोहन मुस्तफालगायतका खेलाडी पनि नेपाली घरेलु क्रिकेटका हिस्सा भइसके । 

धेरैका लागि त कीर्तिपुरमा जारी ईपीएल नेपालमा पहिलो प्रतियोगिता होइन । धनगढीको डीपीएल र पोखराको पीपीएल अनि कीर्तिपुरको ईपीएलमै पनि उनीहरुले आफ्नो क्षमता देखाइसकेका छन् । आयोजकहरुले व्यापारिक स्वार्थलाई मुख्य महत्व दिएका प्रतियोगितामा स्वभाविक रुपमा विदेशी खेलाडी चर्चाको केन्द्र बन्छन् । उनीहरुको प्रदर्शन पनि त्यसको लायक थियो । अझ नेपाली खेलाडीको प्रदर्शनसँग तुलना गर्दा विदेशीको स्तर प्रष्ट रुपमा माथि देखिइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

देशको माहोल क्रिकेटमय बनाउन विदेशी खेलाडीको उपस्थिति र प्रदर्शनले योगदान गरेकोमा शंका छैन । तर उनीहरुको तुलनामा नेपाली खेलाडीले आफूलाई सुधारिएको रुपमा प्रस्तुत गर्न नसकेकोमा भने सरोकारवालाहरु चिन्तित बनेका छन् । 

सुरुदेखि नै ईपीएलका हरेक खेल मैदानमै बसेर हेरिरहेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा नेपाली ब्याट्सम्यानको प्रदर्शनमा सन्तुष्ट छैनन् । विदेशीको तुलनामा अनुभव कम भए पनि नेपाली खेलाडीले आफ्नो क्षमताअनुसार प्रदर्शन नगरेको उनको गुनासो छ । 

Global Ime bank

“पक्कै पनि हाम्रा खेलाडीमा अनुभवको कमी छ । तर नेपाली ब्याट्सम्यानमा मैले गर्नुपर्छ भन्ने अठोट देख्दिन, जुन विदेशी खेलाडीहरुमा स्पष्ट देखिन्छ । यही अठोटका कारण विदेशी खेलाडीले रन पनि बनाइरहेका छन्,” प्रशिक्षक टमटाले भने, “उनीहरु क्लियर्ली खेल्छन् । रन बनाउनु छ भनेपछि बनाउँछुु भन्ने गरी सट प्रहार गर्छन् । तर, हाम्रा केटाहरु त्यहीँनेर कन्फ्युज हुन्छन् ।”

भारतीय खेलाडी रविइन्दर सिंह एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । पोखरा राइनोजविरुद्ध १ सय २५ रन बनाएका उनी ईपीएलको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले सात खेलमा १ सतक र १ अर्धसतकसहित ३ सय ८ रन बनाएका छन् । दोस्रो स्थानमा नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी छन् । उनले ईपीएलमा २ अर्धशतकसहित २ सय ३१ रन बनाएका छन् ।

ईपीएलका प्लेअफ चरण सकिँदासम्म नेपालका सुनिल धमला, अमित श्रेष्ठ र दीपेन्द्रसिंह ऐरीले मात्र अर्धसतक बनाएका छन् । सर्वाधिक रन बनाउनेको सूचीमा शीर्ष दशभित्र ठाउँ बनाउन सक्ने एकमात्र ब्याट्सम्यान दीपेन्द्र हुन् । पछिल्लो समय लयमा देखिएका दीपेन्द्रबाहेक ईपीएलमा अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् ।

प्रशिक्षक टमाटा नेपाली ब्याट्सम्यानहरुले ट्वान्टी—२० को स्वभावअनुसार नखेलेको बताउँछन् । भन्छन्, “ट्वान्टी—२० भन्दैमा सटमात्रै हान्नुपर्छ भन्ने होइन । क्रिकेटिङ सट खेल्नुपर्छ । विदेशी खेलाडीले ओभरमा एक बाउण्ड्रीपछि एक—दुुई, एक—दुुई रन लिन्छन् । त्यसरी रन लिएपछि ओभरमा ८—१० रन बनाउन सहज हुन्छ । प्रत्येक बलमा छक्का हान्न खोजेर हुँदैन । इनिङ बिल्डअप गर्न पनि जान्नुपर्यो । कुन बलरलाई सट हान्ने वा कुन बलरलाई होल्ड गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । प्रत्येक ओभरका लागि यति रन बनाउँछु भन्ने योजना बनाएर खेल्नुपर्छ ।”

ईपीएलका पाँच खेलमा ५० रनमात्र बनाएका राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पनि आफ्नो प्रदर्शन राम्रो नभएको स्विकार्दै विदेशीको प्रदर्शनको तारिफ गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०७५  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC