site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस नेतृत्वले किन चेतेन ?

नेपाली कांग्रेसको महासमिति बैठक नेताहरुको आपसी स्वार्थका कारण लम्बिँदै गएको छ । महासमिति बैठक सकिएपछि जिल्ला जाँदा पार्टीले थप उर्जा हासिल गर्ने र एकताको सन्देश लिएर जान पाइएला भनेर हामी आएका थियौं । तर, उल्टो अवस्था सिर्जना भएको छ । त्यसका कारण केही महासमिति सदस्यहरु हिजो बुधबार नै जिल्ला फर्किनु भएको छ भने केही आज बिहान फर्किनु भएको छ । त्यसैले महासमिति बैठकले धेरै महासमिति सदस्यहरुलाई निराश बनाएको छ । त्यसैले महासमिति सदस्यहरु एकताको सन्देश लिएर जाने होइन कि अब नेताहरुलाई गाउँ छिर्न नदिने हो कि भन्ने सोच लिएर जान लागेका छन् । 

के देखियो बैठकमा ?
महासमिति बैठकले विगतमा चुनावको बेलामा भएको हारलाई ध्यान दिँदै  कसरी सुध्रिएर जाने भनेर सोच्ला भनेको  हो तर त्यस्तो देखिएन । महासमिति बैठक पार्टीलाई थप उर्जा दिलाउनका लागि भन्दा पनि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच कसरी आ–आफ्ना मान्छेलाई पार्टीका उपल्ला तहमा लग्ने भन्ने होडबाजीका लागि मात्रै डाकिएको हो कि भन्ने जस्तो देखिएको छ । हामी धेरैजसो महासमिति सदस्यले यही महसुस गरेका छौं । त्यस्तो हुन नदिन हामीले महासमिति बैठक स्थलमै नाराबाजी पनि गर्यौं तर सुनुवाइ भइरहेको जस्तो देखिएन । नेतृत्वले यसरी महासमिति बैठकलाई भागबण्डाको विषय बनाएका कारण र बैठक लम्बिदै गएका कारण खर्चबर्च सकिएर धेरै महासमिति सदस्य घर फर्किन बाध्य हुनुभएको छ । कांग्रेसको नेतृत्वले अहिलेको अप्ठेरो अवस्थामा पनि चेतेको देखिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

के गर्नुपर्दथ्यो ?
महासमितिको बैठकमा बुधबारसम्म १६५ जना महासमिति सदस्यले बोलिसक्नु भएको छ । ५ सय जनाले बोल्नका लागि नाम लेखाउनु भएको छ । उहाँहरुले बोल्ने क्रममा गएको चुनावमा पार्टीले हार्नुमा टिकट वितरणमा गल्ति तथा  राष्ट्रिय रुपमा तत्कालीन प्रधानन्यायाधीशमाथिको महाभियोग, लोकमानसिंह कार्की प्रकरण, चितवनमा प्रचण्डकी छोरीको लागि तालमेल, भारतको नाकाबन्दीका समयमा खेलिएको भूमिका, आइजीपी प्रकरण लगायतका विषयलाई चुनावको हारका प्रमुख कारक तत्व मध्येका केही भएको बताउनुभएको छ । यो कुरालाई मनन् गर्दै आगामी दिनमा यस्ता त्रुटी सच्याएर अघि बढ्ने कुरामा नेतृत्वबाट ठोस प्रतिबद्धता आउनुपर्नेमा त्यसो भएन । यहाँ त सभापति निकटकाहरु धेरै पदाधिकारीहरु मनोनयन गर्नुपर्ने पक्षमा र पौडेल पक्षधरहरु भने सबै निर्वाचित हुनुपर्छ भन्ने पक्षमा लागेको देखियो । यहाँ पार्टीलाई बलिायो बनाउनुपर्छ भन्ने भन्दापनि कसरी हुन्छ नेता बलियो हुनुपर्छ भन्ने पक्षमा उहाँहरु लागेको देखियो । पार्टी बलियो हुने हो भने नेताहरु आफैं बलियो हुनुहुन्छ भन्ने कुरा उहाँहरुले बिर्सनु भयो । 

महासमिति छायाँमा
हामी महासमिति सदस्यहरुले विधानका समग्र पक्षमा वा पदाधिकारीमा विवाद हो भने त्यसलाई महासमिति बैठकमा मतदानको माध्यमबाट समाधान हुनुपर्छ भनेर पनि माग राखेका छौं । तर, उहाँहरुले त्यतातर्फ ध्यान नदिई नेता–नेता मात्रै झगडा गर्दै हिँडेको पाइएको छ । यो राम्रो र लोकतान्त्रिक प्रक्रिया भएन । त्यसैले सच्चिएर अघि बढ्नु पर्दछ । हामीले लोकतान्त्रिक पार्टीका रुपमा लोकतन्त्रका मूल्य र मान्यतालाई पछ्याएर अघि बढ्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । महासमिति बैठक नै भइसकेपछि यसलाई नै निर्णय गर्ने स्थानका रुपमा अघि बढाउनुपर्दथ्यो त्यसो नहुँदा हामी महासमिति सदस्यहरु निराश हुनुपर्ने अवस्था भएको छ । 

Global Ime bank

नेताले के गर्नुपर्यो ?
निजी स्वार्थभन्दा माथि रहेर नेताहरु अघि बढ्नुपर्यो । चुनावको बेलामा भएका कमि कमजोरीलाई आत्मसात गर्दै र आगामी दिनमा सच्याउने प्रण गर्दै हामी अघि बढ्नु पर्यो । प्रमुख प्रतिपक्षी दलको हिसाबले अहिले मुलुकमा विद्यमान बेथितीमाथि सरकारलाई घच्घच्याउनुपर्यो । तर, कांग्रेस आफैं झगडा गरेर बस्दा बेथिती बढाउने पक्षलाई झनै मलजल भइरहेको छ । अहिलेको सरकारले भ्रष्टाचार, असुरक्षा जस्ता विषयमा कुनैपनि ध्यान दिएको पाइएको छैन । त्यसैले मुलुकले अहिले सशक्त प्रतिपक्षीको भूमिका खोजिरहेको छ । त्यसमा कांग्रेस नेतृत्वले ध्यान दिनु पर्ने अवस्था टड्कारो रहेको छ । तर, अहिलेको अवस्था हेर्दा पुरानो पुस्ताका नेताबाट युवा पंतिले सोचेको नेतृत्व पाएको अनुभूत गर्न सकेको छैन ।

उहाँहरु सच्चिनुभएन भने अब कांग्रेसका कार्यकर्ताहरु चुप लागेर बस्ने अवस्था छैन । उनीहरु विद्रोह गर्ने पक्षमा छन् ।  त्यसैले सच्चिनुस् भनेर हामी हार्दिक अनुरोध गरिरहेका छौं । नसच्चिएमा अबको महाधिवेशनले पहिलो पुस्ताका  नेताहरुलाई विदा गर्ने निश्चित रहेको छ । हामी नयाँ उर्जा लिएर गाउँ फर्किने भन्दै आएका थियौं । तर, नेतृत्व पंतिका गतिविधिले हामीलाई निराश बनाउने काम गरेको छ । केही दिन अझै महासमिति बैठक लम्बिने अवस्था देखिएको छ । त्यसैले यसबीचमा नेतृत्वले आफूलाई सच्याएर लोकतान्त्रिक बाटो समाओस् भन्ने हामी चाहन्छौं । यसो गरिएन भने नेताहरुलाई गाउँ जाने बेलामा आफ्नै कार्यकर्ताले बहिस्कार गर्ने अवस्था आउन सक्छ । त्यसतर्फ ध्यान दिएर नेतृत्वले आगामी दिनमा लोकतान्त्रिक विधि अवलम्बन गर्दै पार्टी र देशलाई कसरी अघि बढाउने भन्ने बारेमा समग्रमा सोचोस् र नीति बनाओस् भन्ने हामी चाहन्छौं ।  

 (नेपाली कांग्रेसका सुनसरी जिल्ला कार्यसमितिका सचिव तथा महासमिति सदस्य तामाङसँगको कुराकानीमा आधारित ।)


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC