site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अनिलको गोल नहुनु टर्निङ प्वाइन्ट – आर्मी प्रशिक्षक न्यौपाने 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  त्रिभुवन आर्मी क्लबसँग १–१ को बराबरीमा रोकिएपछि उपाधि होडमा रहेका थ्रीस्टार क्लबलाई साविक विजेता मनाङ मस्याङ्दीले पाँच अंकले पछाडि छाडेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवौं चरणका खेल सकिदा थ्री स्टारको उपाधि सम्भावना कमजोर हुँदै गर्दा शीष क्लब मनाङलाई दोस्रो स्थानको संकटाले चुनौती दिइराखेको छ । 

सतप्रतिशत नतिजा निकालेको मनाङले उपाधि दाबेदार अन्य दुई टोली थ्रिस्टारलाई ५ तथा त्रिभुवन आर्मी क्लबलाई ७ अंकले पछि परेको छ । बुधबार सातोबाटोस्थित एन्फा मुख्यालयमा थ्री स्टारले ७२औं मिनेटमा निराजन खड्काको गोलबाट अग्रता लिएको थियो । अन्तिम मिनेटमा जर्ज प्रिन्स कार्कीले बराबरी गोल फर्काउदै त्रिभुवन आर्मीलाई अंक दिलाए । 

Prabhu Bank
Agni Group
NIC Asia

तीन अंक जोड्न नसके पनि त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले एकमा पनि आफु खुशी रहेको बताए । “शीर्ष तीन भित्र रहन दुबै टोलीलाई जित्नै पर्ने दबाब थियो । हाम्रा खेलाडीले योजनाअनुसार खेल्न सकेनन् । तर अन्तिममा पाएको अवसर सदुयोग गरे,” त्रिभुवन आर्मीका प्रशिक्षक न्यौपानेले भने “अनिल गुरुङको गोल नहुनु नै हाम्रा लागि टर्निङ प्वाइन्ट भयो ।” 

८७ औं मिनेटमा थ्रिस्टारका फरवार्ड अनिल गुरुङले एकल प्रयासमा प्रहार गरेको बल पोलमा लागेर बाहिरिएको थियो । त्यतिबेला त्रिभुवन आर्मीका गोलकिपर विकेश कुथु पनि अगाडी बढेका थिए । 

Global Ime bank

उपाधि होडमा कमजोर बनेको त्रिभुवन आर्मीका प्रशिक्षक न्यौपानेले अब शीर्ष तीनभित्र रहने प्रयास गर्ने बताए । “सुरुमै फितलो प्रदर्शन भयो । गोल खाएपछि मात्र खेलाडीले खुलेर खेले । तर अघिल्ला खेलमा जस्तो प्रदर्शन हुन सकेन,” आर्मीका प्रशिक्षक न्यौपानेले भने,“अबका चारै खेल जित्दै शीर्ष ३ का लागि प्रयास जारी राख्छौं ।” 

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सानो कमजोरीका कारण जित नजिक पुगेर पनि अंक बड्नु परेको बताए । उनले थपे, “खेल हो कति बेला गोल हुन्छ थाहा हुदैन । हामीले जितका लागि सतप्रतिशत दिएर खेलेका हौं । तर अनिलको गोल नहुँदा समस्या भयो । हामी अन्तिमसम्म पनि उपािधका लागि खेल्छौं ।”

लिगमा अब चार खेलमात्र बाँकी रहदाँ शीर्ष स्थानको मनाङ भन्दा पाँच अंकले पछि रहे पनि थ्री स्टारका प्रशिक्षक केसीको बाँकी सबै खेल फाइनल सम्झेर खेल्ने बताए । 

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC