काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा अंक बाँडेका थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहेको मनाङ—मस्र्याङ्दी क्लबभन्दा क्रमशः ५ र ९ अंकले पछाडि परेका छन् । बुधबार लिगको नवौं खेलमा थ्रीस्टार र आर्मीले १—१ गोलको बराबरी खेलेपछि शीर्ष स्थानको मनाङसँगको दूरी बढेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्रीस्टारका लागि निराजन खड्काले ७२ औं मिनेटमा गोल गर्दै आर्मीविरुद्ध अग्रता बढाएका थिए ।
थ्रीस्टारका विदेशी खेलाडी अजयी माटीन्सले दिएको पासलाई खड्काले सदुपयोग गर्दै गोल गरेपछि आर्मी दबाबमा देखिएको थियो । निर्धारित ९० मिनेटसम्म आर्मीले गोल फर्काउन नसक्दा पराजय नजिक पुुगेको आर्मीका लागि ६३ औं मिनेटमा टेक बहादुर बुढाथोकीको स्थानमा मैदान प्रवेश गरेका जर्ज पिन्स कार्कीले अतिरिक्त समयमा गरेको गोल सहयोगी बन्न पुग्यो ।
उपाधि होडमा रहेको थ्रीस्टारका खेलाडीले थप गरिएको समयको चौथो मिनेटमा गोल गरपछि उसले अंक तालिकामा १८ अंक बनाएको हो । आर्मीसँग बराबरी खेलेको थ्रीस्टारले ९ खेलबाट २२ अंक जोडेको छ, जुन शीर्ष स्थानमा रहेको मनाङभन्दा ५ अंकले पछाडि हो भने २४ अंक रहेको संकटा भन्दा २ अंकले पछाडि हो ।