site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चितवनलाई भैरहवाले हरायो, फाइनलका लागि काठमाडौंसँग खेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।शरद भेषावकर र प्रदीप ऐरीको अर्धशतकीय साझेदारी प्रेरित भैरहवा ग्लाडियटर्सले बुधबार चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै ईपीएल क्वालिफायर्समा काठमाडौं किंग्स—११ सँगको भेट पक्का गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको योगफल बनाएको थियो । १ सय ४० रनको लक्ष्य पछ्याएको भैरहवाले १८.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । विजयी भैरहवाले अब बिहीबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स–११ विरुद्ध फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । 
कमलसिंह ऐरीले दुई र ललितसिंह भण्डारीले एक विकेट लिएपछि भैरहवाले राम्रो सुरुआत गर्न सकेको थिएन । मोहम्मद नाभेद र रवि इन्दर सिंहले समान ४ रन बनाएर आउट हुँदा रायन टेन डोस्काटे शून्यमा पवेलियन फर्किएका थिए । तर ओपनर प्रदीप ऐरी र कप्तान शरद भेषावकरले चौथो विकेटका लागि ५६ रनको साझेदारी गर्दै भैरहवाको इनिङ उकासेका थिए । ३८ बलमा ६ चौकासहित ४२ रन बनाएका प्रदीपलाई कमलसिंह ऐरीले विकेटकिपर जोन सिम्पसनमार्फत् क्याच गरे । २९ रन बनाएका कप्तान शरदले पनि दीपेन्द्रसिंह ऐरीको बलमा पृथु बास्कोटालाई क्याच थमाए । लगत्तै आरिफ शेख पनि आउट भएपछि भैरहवा दबाबमा परेको थियो । १४.२ ओभरमा आरिफ आउट हुँदा भैरहवा ९१–६ को अवस्थामा थियो । त्यसपछि रोहितकुमार पौडेल र कुशल मल्लले सातौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै ४ विकेटको जित दिलाएका थिए । रोहितकुमार पौडेलले १४ बलमा अविजित २४ रन बनाउँदा १३ बल खेलेका कुशल २७ रनमा अविजित रहे ।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । दीपेन्द्रसिंहले ४५ बलमा १ छक्का र ६ चौकासहित ५६ रन बनाए । यससँगै दीपेन्द्रसिंह ईपिएलमा धेरै रन बनाउने दोस्रा खेलाडी बनेका छन् । दीपेन्द्रसिंहले २ सय ३१ रन बनाएका छन् । शीर्ष स्थानमा २ सय ७३ रन बनाएका भैरहवाका रवि इन्दर सिंह छन् । चितवनका ओपनरले राम्रो सुरुआत दिन नसके पनि दीपेन्द्रसिंहले टोलीको इनिङ उकासेका थिए । 
ओपनर पाउल स्टर्लिङ १४ रन बनाएर आउट हुँदा सन्दीप सुनार ४ र पृथु बास्कोटा शून्यमा आउट भए । ४.३ ओभरमा पृथु आउट हुँदा चितवन ३–२४ को स्थितिमा थियो । जोन सिम्पसन र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ३१ रनको साझेदारी गर्दै चितवनको इनिङ उकास्ने प्रयास गरेका थिए । सिम्पसन २ चौकासहित १४ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले भिम सार्कीसँग पाँचौं विकेटका लागि २० रनको साझेदारी गरे । दीपेन्द्रले जर्ज स्कटसँग छैटौं विकेटका लागि २० तथा कमलसिंह ऐरीसँग सातौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । दीपेन्द्रलाई मोहम्मद नाभीदले कृष्ण कार्कीमार्फत् क्याच गराएका थिए । कमलसिंहले १३ रन बनाए ।
भैरहवाका नाभीदले ३ विकेट लिँदा अभिनास बोहराले २ विकेट लिए । रायन टेन डोसचट, कृष्ण कार्की र भुवन कार्कीको नाममा १–१ विकेट रह्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC