site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाललाई साउदी अरबको कूटनीतिक नोट– ६० हजार रियालभन्दा बढी मूल्यको सुन लैजानुअघि स्वघोषणा गर
Ghorahi CementGhorahi Cement

काठमाडौं । खाडीको सबैभन्दा शक्तिशाली राष्ट्र साउदी अरेबियाले त्यहाँबाट नेपाल फर्कने नेपालीलाई ६० हजार साउदी रियाल (करिब १८ लाख रुपैयाँ) वा सोभन्दा बढी मूल्यको सुन लैंजानुअघि अनिवार्य रुपमा स्वघोषणा गर्न भनेको छ । नेपालमा खाडी राष्ट्रबाट ठूलो मात्रामा सुन तस्करी भइरहेको विषयमा छानबिन चलिरहेका बेला साउदीले नेपाललाई ‘कूटनीतिक नोट’ मार्फत् उक्त जानकारी गराएको हो । 

साउदी अरबले गत मंसिर ६ गते परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत् नेपाल सरकारलाई उक्त नोट पठाएको हो । काठमाडौंस्थित साउदी दूतावासले कूटनीतिक नोट कन्सुलर सेवा विभागलाई बुझाएको थियो । नोटमा साउदीबाट नेपाल फर्कने वा नेपालबाट साउदी जाने नेपालीले ६० हजार साउदी रियाल वा सो भन्दा बढी मूल्यको सुनलगायत बहुमूल्य सामान बोकेको भए स्वघोषणा गर्न सम्बन्धित पक्षलाई जानकारी गराइदिन अनुरोध गरिएको छ । 

Agni Group

“काठमाडौंस्थित साउदी अरेबियाको दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई साउदी अरबको विमानस्थलमा आगमन र प्रस्थानको समयमा केही भन्सार स्वघोषणा प्रणालीको उल्लंघन भएका घटनाका बारेमा जानकारी गराइसकेको छ,” साउदी अरेबियाले नेपाललाई लेखेको कूटनीतिक नोटमा लेखिएको छ, “यस परिप्रेक्ष्यमा साउदी भन्सार साउदी अरब प्रवेश गर्दा वा छोड्दा आफूसँग ६० हजार साउदी रियाल वा सोभन्दा बढी मूल्यबराबरको वित्तीय साधन, सुन तथा सुनको गहना वा अन्य विदेशी मुद्रा भए त्यसको अनिवार्य घोषणा गर्नुपर्ने सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गर्दछ ।”

साउदी अरेबियाले नेपाललाई बुझाएको कूटनीतिक नोटमा साउदीका विमानस्थलमा नेपालीबाट भन्सार स्वघोषणा प्रणाली उल्लंघन गरेका घटना बारम्बार जानकारीमा आएको समेत उल्लेख गरेको छ । नेपालीहरुले ६० हजार साउदी रियाल वा सोभन्दा बढी मूल्य पर्ने सुन तथा सुनका गहना साउदीबाट नेपालतर्फ लाने गरेको कुरा स्पष्ट रुपमा कूटनीतिक नोटमा लेखेको छ । 

Global Ime bank

कन्सुलर सेवा विभागले साउदी अरेबियाको कूटनीतिक नोटलाई परारष्ट्र मन्त्रालयमार्फत् गृह मन्त्रालय पठाएको छ भने गृहले अध्यायगमन विभागलाई उक्त जानकारी दिइसकेको छ । 
“सम्बन्धित मन्त्रालयले यो सूचनालाई सरोकारवाला निकायहरुसम्म पुर्याइदिनु हुन दूतावास अनुरोध गर्दछ,” कूटनीतिक नोटमा लेखिएको छ । साउदी दूतावासले कूटनीतिक नोटसँगै भन्सार घोषणा फारम पनि कन्सुलर सेवा विभागलाई बुझाएको थियो । 

गत वर्ष माघ पहिलो साता दुबईबाट काठमाडौंमा साढे ३३ किलो सुन भित्रिएको सूचना बाहिर आएपछि सरकारले यसमाथि छानबिन गरेको थियो । सरकारले गठन गरेको छानबिन समितिले पछिल्लो तीन आर्थिक वर्षमा विभिन्न देशबाट तस्करहरुले ३८ क्विन्टल सुन नेपालमा भित्र्याएको प्रतिवेदन बुझाएको थियो । यसैबीचमा साउदी अरेबियाले कूटनीतिक नोट बुझाउँदै नेपालीलाई ६० हजार साउदी रियाल वा सोभन्दा बढी मूल्य पर्ने सुन वा सुनको सामग्री लाने–ल्याउने गर्नुअगावै त्यसको स्वघोषणा गर्न भनेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC