साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोपी’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त फिचर्ड छन् ।
मास्टर्स डिग्री पढेर गाई पालनमा होमिएको युवाको संघर्षको कथा भन्ने चलचित्रलाई रङ्ग पत्रकार समेत रहेका चलचित्र ‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् ।
चलचित्रमा विपिन, वर्षा र सुरक्षासँगै प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले अभिनय गरेका छन् ।
चलचित्र ‘गोपी’ माघ १८ गते रिलिज हुँदैछ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५ १५:४३
प्रतिक्रिया दिनुहोस्