site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पकेटमारको कोड भाषाः प्रहरीलाई ठूल्दाइ, केटीलाई भद्री, भाग्नुलाई टप्की, ड्राइभरलाई माम
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा पकेटमारीमा संलग्न ८१ जना पकेटमार पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले मंसिर १५ गतेबाट सुरु गरेको पकेटमारविरुद्धको अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् । 

उनीहरुले सयौं यात्रुलाई ठगेको पाइएको र अझै केही स्थानमा पकेटमारहरु सक्रिय रहेको सूचना पाएको परिसर काठमाडौंका एससपी वसन्त लामाले बताए । काठमाडौंमा पाकेट मार्ने क्षेत्र पहिचान गरी ती क्षेत्रलाई निगरानीमा राखिएको एसएसपी लामाको भनाइ छ ।

Agni Group

प्रहरीका अनुसार काठमाडौंका गोंगबु, बालाजु, महाराजगन्ज, धापासी, भद्रकाली चोक, बौद्ध, कपन, जोरपाटी, बानेश्वरलगायतका क्षेत्रमा पकेटमार समूह नै बनाएर सक्रिय हुँदै आएका छन् । पक्राउ पर्नेमा ३ जना युवतीसमेत छन् । परिसरका एसएसपी लामाले भने, ‘‘अहिले नाइके पकेटमार पनि पक्राउ परेका छन् । सार्वजनिक यातायातमा यात्रुले चढ्दा कोड भाषा कसैले प्रयोग गरेको छ भने सतर्क रहनुहोला ।’’

लामाले भने, ‘‘पकेटमारहरु २–२ जनाका दरले ६ जनासम्मको ग्रुप बनाई बसभित्र पस्ने, त्यसपछि घेराबन्दीमा पार्ने र मौका छोपेर चोरी गर्ने गरेको पाइएको छ ।’’

Global Ime bank

यस्ता छन् पकेटमारले प्रयोग गर्ने सांकेतिक कोड

पैसा– द 
मोबाइल– कान
पकेटमारी पीडित– रामे
पकेटमारी गर्ने मास्टर– काशी
पैसा धेरै छ– टानको द,
पैसा थोरै छ– जुटको द
गाडी– काँचा
केटा– छापा,
केटी– भद्री
पुलिस आयो– ठूल्दाइ आयो
ड्राइभर– माम
खलासी– मले
गाडीबाट झरेर भाग्– टप्की
गाडीभित्र अगाडि सर्– अकल जा
गाडीभित्र पछाडि सर्– चिछल जा

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC