site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोहिङ्ग्या शरणार्थीले प्रहरीकै परिचयपत्र मागेपछि...
Sarbottam CementSarbottam Cement

‘तपाईं को हो ? किन आएको ?’

काठमाडौंको कपनस्थित लसुनटारमा बस्दै आएका रोहिङ्ग्या शरणार्थी अब्दुल्ला मियाँ कड्किए । 

‘म कपन प्रहरी प्रभागको प्रहरी’ प्रहरी जवान राजु लामाले आफ्नो परिचय दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मियाँले पत्याएनन्, उल्टै परिचयपत्र माग्न थाले । प्रहरी जवान लामाले परिचयपत्र देखाए । 

किन आएको ? मियाँले प्रश्न थपे ? 

Global Ime bank

‘हामी हेर्न आएको । के गर्दै हो, के हुँदैछ शिविरमा भनेर,’ लामाले जवाफ दिए । अझै पनि ती शरणार्थी प्रहरीसँग रुखो व्यवहार गरिरहेकै थिए ।

म्यानमारको राकिने राज्यमा सन् २०१२ मा भड्किएको हिंसापछि रोहिङ्ग्या मुस्लिमले देश छाडेका थिए । उनीहरु बङ्गलादेश अनि भारतको जोगबनी नाका हुँदै विराटनगरबाट काठमाडौं प्रवेश गरेका थिए । भारतबाहेक तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्दा भिसा प्रक्रिया अपनाउनुपर्छ । तर बङग्लादेश हुँदै भारत भएर सयौं रोहिङ्ग्या नेपाल आइपुग्दा राज्यका निकायले चाल पाएन् । यसले नेपालको सीमा सुरक्षा चेकजाँच कति फितलो छ भन्ने संकेत गर्छ । 

‘‘हामी सन् २०१२ मै बङ्गलादेश हुँदै भारत पस्यौं । हामीलाई भारत भन्ने त थाहा थियो । तर घुम्दाघुम्दै नेपाल सीमा जोगवनी आइपुगेको पत्तो भएन । जब नेपाली सीमा पार गर्नुपर्ने भयो, हामीले लाटो बनेको नाटक गर्यौं र नेपाल प्रवेश गर्यौं,’’ लसुनटारमा भेटिएका २७ वर्षीय मोहम्मद आवुताकिरले सुनाए । 

लसुनटार र राममन्दिर क्षेत्रमा गरी रोहिङ्ग्या शरणार्थीका ३ शिविर छन् । शिविरमा १ सय १३ परिवारका झण्डै साढे ३ सय जनाको बसोबास छ । प्रत्येक शिविरमा कमाण्डहरु छन् । जाफर मियाँ, मोहम्मद रफिक, नुर हाफिज, दिल मोहम्मद, मोहम्मद ऐहस, मलाजना जुवाई, रबिक आलम, जागिर हुसेन र सयोब हुसेन लसुनटार र राममन्दिर शिविरका नाइके हुन् । नाइकेको  अनुमतिबिना अरु कसैले प्रहरी होस् या अन्य निकायसँग केही बोल्दैनन् । उनीहरुको नबोल्ने प्रवृत्तिले कतिपय अवस्थामा प्रहरीलाई समेत अप्ठ्यारो हुने गरेको छ । उनीहरुको रहनसहन, खानपिन तथा दैनिक भइरहने कलहका कारण स्थानीय पनि रोहिङ्ग्या शरणार्थीप्रति आक्रोशित देखिन्छन् । 

\"\"उनीहरु हाल स्थानीयको जमिन वार्षिक भाडामा लिएर बसिरहेका छन् । उनीहरुको व्यवस्थापन सयुक्त राष्ट्रसंघको शरणार्थीका लागि सयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले गरिरहेको छ । उनीहरु सबैलाई राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले परिचयपत्र दिएको छ । कार्यालयले उनीहरुको खानपान र बसोबासका लागि भन्दै परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई सन् २०१४ सम्म प्रतिपरिवार घरको मुख्य व्याक्तिलाई ५ हजार ७ सय ५०, श्रीमती भए ३ हजार ३ सय ५० र छोराछोरीलाई जनही २ हजार ७ सय ५० रुपैयाँ प्रदान गर्दै आएको थियो । सन् २०१५ बाट त्यो रकममा २५ प्रतिशत कटौती गरेको छ । हाल बालबालिकाको अध्ययनका लागि मात्र भन्दै जनही १७ हजार वार्षिक रुपमा राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले प्रदान गर्दै आएको छ । उपचार, खाद्यान्न, लत्ताकपडामा पनि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले सहयोग गर्दै आएको छ । 

रोहिङ्ग्याहरु आफ्नो देश फर्किने मनस्थितिमा छैनन् । म्यानमारमा फिर्ता बोलाए फर्किनुहुन्छ त ? भन्ने प्रश्नमा रामन्दिर शिविरमा भेटिएकी अनुवारा वेगमले भनिन्, ‘‘हामी म्यानमार फर्किन चाहँदैनौं । नेपालमै राम्रो छ । बरु सरकारले यतै जमिनको व्यवस्था गर्दिनपर्यो ।’’

रोहिङ्ग्या शरणार्थी शिविरमा विभिन्न संघसंस्थाको प्रवेश पनि बढ्दो छ । कोही राहत बाँड्ने नाममा त कोही अन्य बहानामा स्थानीय प्रशासनको अनुमपतबिनै रोहिङ्ग्या शरणार्थीको शिविरमा पुग्ने गरेको सुरक्षा अधिकारी बताउँछन् । संघसंस्थाकै आर्थिक सहायतालगायत कारणले उनीहरुको मनोविज्ञान पनि ‘आशे’ देखिन्छ । प्रायः मुस्लिम समुदायका महिला अनुहार देखाउँदैनन् । उनीहरुको धार्मिक मान्यताअनुसार परपुरुषलाई अनुहार देखाए अल्लाहको पाप लाग्छ । सुरुमा तस्बिर लिन खोज्दा आक्रोशित भएकी राममन्दिर शिविरकै एक मुस्लिम महिलाले भनिन्, ‘‘एक हजार रुपैयाँ दो और फोटो खिचलो ।’’

बूढानिलकण्ठ नगरपालिकामा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी मात्रै होइन, पाकिस्तानी शरणार्थी पनि छन् । सन् २०१२ मा ३ रोहिङ्ग्या परिवार काठमाडौं प्रवेश गरेका थिए । २०१३ मा ११ परिवार, ०१४ मा १० परिवार, ०१५ मा १५ परिवार रोहिङ्ग्या काठमाडौंमा बसोबास गर्न थाले । यस्तै २०१६ मा ११ परिवार भित्रिए भने २०१७ मा ४२ गरि ९२ परिवार रोहिङ्ग्या काठमाडौं प्रवेश गरे । अहिलेसम्म यो संख्या बढेर १ सय १३ पुगेको छ । यस्तै, पाकिस्तानी शरणार्थी पनि २०७० सालबाट नेपाल प्रवेश गरेको देखिन्छ । तर, उनीहरु कुन सीमाबाट प्रवेश गरे भन्ने प्रष्ट प्रमाण छैन । २०७० मा एउटामात्र पाकिस्तानी शरणार्थी परिवार काठमाडौं प्रवेश गरेको थियो । ०७१ मा ८ परिवार, ०७२ मा २ परिवार तथा ०७४ र ०७५ मा २ परिवार पाकिस्तानी शरणार्थी काठमाडौं प्रवेश गरेको देखिन्छ । 

\"\"रोहिङ्ग्या र पाकिस्तानी शरणार्थी विभिन्न बहानामा नेपालको सीमावर्ती क्षेत्रमा पनि बसोबास गरेको बताइन्छ । आन्तरिक सुरक्षाका लागि भविष्यमा यो विषय चुनौतीपूर्ण बन्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् । नेपाल प्रहरीले पनि तत्कालका लागि केही खतरा उत्पन्न नभए पनि पाकिस्तानी र रोहिङ्ग्या शरणार्थीबाट भविष्यमा विभिन्न प्रकारको सुरक्षा खतरा रहेको निष्कर्ष निकालेको छ । 

नेपाल प्रहरीको एक प्रतिवेदनमा भनिएको छ, ‘‘रोहिङ्ग्याले नागरिकता प्राप्ति, जग्गा फिर्ता तथा स्वतन्त्र हिँडडुुल गर्न पाउनुपर्ने जस्ता मागहरु म्यानमार सरकारसँग राख्ने तथा सोही माग राखी भावी दिनमा नेपालमा पनि आन्दोलित हुनसक्ने अवस्था छ ।’’

प्रतिवेदनमा भविष्यमा पाकिस्तानी र रोहिङ्ग्या मुस्लिम शरणार्थी बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै भनिएको छ, ‘‘स्थानीय समुदाय र रोहिङ्ग्या मुस्लिम शरणार्थीबीच रहनसहन तथा सांस्कृतिक विविधताले गर्दा भविष्यमा जातिय तथा धार्मिक द्वन्द्व हुनसक्ने देखिन्छ ।’’ मुस्लिम समुदायको सन्तान उत्पादनप्रतिको उदार सोचका कारण रोहिङ्ग्याको संख्या बढ्ने सम्भावना पनि उत्तिकै रहेको सरोकारवाला बताउँछन् । 

रोहिंग्या र पाकिस्तानी शरणार्थीबारे प्रहरीको निष्कर्ष–धार्मिक द्वन्द्वको खतरा उत्पन्न हुन सक्छ !

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC