site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफूमाथि गृहले गडबड गरेको लेनिनको आरोप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पूर्व बालसैनिक लेनिन बिष्टले आफूमाथि गृह मन्त्रालयले अनावश्यक आरोप लगाएको बताएका छन् । उनी गएको भदौ ८ गते  एउटा कार्यक्रममा भाग लिन थाइल्याण्डको बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट फिर्ता गरिएकोमा त्यसको विरुद्धमा उनले गएको भदौ १५ गते सर्वोच्च अदालतमा रिट हालेका थिए । त्यसबारेमा पेसी भोलि पुस ५ गतेका लागि तोकिएको छ । 
रिट परेपछि सर्वोच्चले कारण देखाउन दिएको आदेश बमोजिम गृहमन्त्री रामबहादुर थापाले मंसिर २९ गते पठाएको जवाफमा लेनिनको विरुद्धमा उजुरी परेका कारण रोकिएको जिकीर गरिएको छ । तर, गृह मन्त्रालयमा उजुरी गराउन लाउनेलाई गृह मन्त्रालयले जागिर लगाइदिने लगायतका प्रलोभन दिएको लेनिनले आरोप लगाएका छन् । 
उजुरीमा हस्ताक्षर गर्ने अनुपम कार्की नामका एक व्यक्तिले लेनिनलाई नै पत्र पठाएर आफूले त्यो कागजमा लगाइएको आरोपबारेमा थाहै नभई गएको भदौ १० गते गृह मन्त्रालयमा हस्ताक्षर गरेको जनाएका छन् । लेनिनको मामिलालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापासँग समेत जवाफ मागेका थिए । गृहमन्त्री थापाले सर्वोच्चलाई पठाएको पत्रमा भने लेनिनलाई फिर्ता गरिनु उपयुक्त नै भएको दाबी गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC