site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानकी जहाँगिरलाई राष्ट्रसंघको मानवअधिकार पुरस्कार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

न्यूयोर्क । संयुक्त राष्ट्रसंघले सन् २०१८को लागि संयुक्त राष्ट्र संघीय मानवअधिकार पुरस्कार पाकिस्तानका कानुन व्यवसायी तथा अधिकार अभियन्ता आस्मा जहाँगिरलाई दिएको छ । सो पुरस्कार आस्माकी छोरी मुनिजाई जहाँगिरलाई हस्तान्तरण गरिएको छ । 
सो अवार्ड व्यक्तिगत र संस्थागत रुपमा मानवअधिकारको क्षेत्रमा काम गर्नेलाई दिइने गरेको छ । उनी सो पुरस्कार प्राप्त गर्ने चार जना मध्येकी एक हुन् ।  पुरस्कार हस्तान्तरण कार्यक्रम मंगलबार संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको थियो । 
सो पुरस्कार पाउने अन्यमा तान्जानियाकी रेबेका ग्युमी, ब्राजीलको जनजाति समुदायका अभियन्ता जोइना ओपिचाना र आयरल्याण्डको मानवअधिकार संगठन फ्रन्ट लाइन डिफेन्डर्स रहेका छन् । पाकिस्तानी अभियन्ता आस्माको गएको फेब्रुवरी महिनामा निधन भएको थियो । 
(एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC