site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महासमिति बैठक: विधान संशोधन प्रस्ताव बिहीबारमात्रै पेस हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बिहीबारमात्रै विधान संशोधनको प्रस्ताव पेस हुने भएको छ । विधान प्रस्ताव पेस भएपछि बिहीबारबाटै महासमितिको बन्दसत्रमा छलफल हुनेछ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बिहानको ‘प्रेस ब्रिफिङ’ मा विधान मस्यौदालाई अन्तिम टुंगोमा पुर्याउन बिहीबार दिउँसो बैठक बस्ने बताए । ‘‘अहिले केहीबेरपछि बस्ने केन्द्रीय समिति बैठकमा विधानको मस्यौदा टुंग्याउने गरी प्रस्ताव पेस हुन्छ । बैठकले विधान पारित गरेपछि छपाइका लागि प्रेसमा पठाउँछौं,’’ उनले भने, ‘‘छापिएर आएपछि भोलि (बिहीबार) महासमितिमा पेस भएपछि छलफल सुरु हुन्छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार कांग्रेसको महासमिति बैठक बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानोपामा बस्नेछ । बैठक पुस ६ गते अपरान्हसम्म चल्ने उनले जानकारी दिए । यसअघि कांग्रेसले मंसिर २९ गते उद्घाटन भएको महासमिति बैठक पुस ४ गते समापन हुने बताएकोे थियो । संस्थापन र संस्थापन इतर समूहबीच विधानमा सहमति जुट्न ढिलाइ भएका कारण महासमिति बैठक लम्बिन पुगेको हो । 

पुस १ गतेबाट सुरु भएको महासमितिको बन्द सत्रमा अहिलेसम्म १४७ जना महासमिति सदस्यहरुले विधान प्रस्ताव बाहेकका प्रतिवेदनहरुमा केन्द्रित रहेर धारणा राखिसकेका छन् । बुधबारको ‘लञ्च ब्रेक’ अगाडिसम्म २५ जना महासमिति सदस्यहरुले धारणा राखेको प्रवक्ता शर्माले जानकारी दिए । 

Global Ime bank

बन्द सत्रमा धारणा राख्ने महासमिति सदस्यहरुले पार्टीको आन्तरिक एकता अभिवृद्धिमा जोड दिएका छन् । उनीहरुले पार्टीलाई एकतावद्ध बनाएर सरकारका जनविरोधी क्रियाकलाप विरुद्ध खरो ढंगले प्रतिपक्षीको भूमिका निभाउन पार्टी नेतृत्वलाई सुझाव दिइरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC