site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'मन्त्रिपरिषद् तत्काल पुनर्गठन गरौं\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले मन्त्रिपरिषद् तत्काल पुनर्गठन गर्न माग गरेका छन् । बुधबार पनि जारी नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै नेकपाका नेता रघुजी पन्तले मन्त्रिपरिषद् हेरफेरको माग गरेका हुन् । उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को कामको समग्र मूल्यांकन गर्दै मन्त्री हेरफेर गर्नुपर्ने माग गरेका छन् ।

“सरकारको कामको समीक्षा सरकार स्वयम्ले गर्नुपर्यो । सरकारमा गतिशिलता देखा परेन । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर मन्त्री हेरफेर गर्नुपर्यो,” उनले माग गरे । सरकारले जनमतको कदर गर्न नसकेको र जुन तरिकाले सेवा प्रवाह गर्नुपर्थ्यो गर्न नसकेको उनको निष्कर्ष छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टीमा काम गर्न सबल, सक्षमहरू एकसे एक रहेको बताउँदै असक्षम, विवादमा परेकालाई मन्त्रिमण्डलमा राखिरहनु नहुनेमा जोड दिए । त्यस्तै उनले मन्त्रिमण्डल पुनर्गठनको बेला भएको पनि औँल्याए ।

पन्तले विधान स्थायी कमिटीको सुझाव विपरित आएकाले सच्याउन आग्रह गरेका छन् । उनले स्थायी कमिटीको अधिकार कटौती गरी सचिवालयमा केन्द्रितकृत गरिएकाले ती अधिकार स्थायी कमिटीमै फिर्ता गर्नसमेत माग गरेका छन् ।

Global Ime bank

त्यस्तै उनले चीनसँग भएका सन्धी–सम्झौता तुरून्त कार्यान्वयन गर्नसमेत माग गरेका छन् । साथै सातै प्रदेशलाई छुने गरेर राजमार्ग बनाउने कुरामा जोड दिएका छन् । एसिया प्रशान्त सम्मेलनबारे नेतृत्व आत्मआलोचित हुनुपर्ने कुरा पनि पन्तले औंल्याए । “नेताहरूको त्यसमा जाने नियत देखिँदैन तर पनि जाँदा सरकार र पार्टीको छवि धमिलियो, त्यसमा नेतृत्व आत्मआलोचित हुनैपर्छ,” उनको भनाइ थियो ।

उनले प्रदेशका इन्चार्ज तोकिएका दुई मुख्यमन्त्रीलाई इन्चार्जबाट हटाउन माग गरे र एक व्यक्ति एक पदको व्यवहारिक कार्यान्वयनमा जोड दिए । “हाम्रो विधानले नै त्यो कुरा निर्दीष्ट गरेको छ,” उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली भने महाधिवेशनबाटै अध्यक्ष निर्वाचित भएर आएकाले उनको बारेमा प्रश्न उठाउन नमिल्ने जिकिर पन्तले गरे । अन्यको हकमा भने एक व्यक्ति एक पद नै लागु गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै उनले प्रदेश कमिटीमा केही सदस्य मापदण्ड विपरित, विधान विपरित हुने गरी चयन गरिएकाले सच्याउन पनि माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC