site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल ‘बी’ पहिलो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौ । नेपाल ‘बी’ ले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल ‘बी’ ले भारत ‘ए’ लाई ३–२ ले पराजित ग¥यो । टिम इभेन्टमा पाँच सिंगल्स खेल समावेश थियो ।
पहिलो सिंगल्समा भारतका प्रकाशले नेपालका रञ्जन सुब्बालाई ११–९, १२–१० र ११–३ को सोझो सेटमा पराजित गरे । त्यस्तै अन्य सिंगल्समा नेपालका धर्ममान वज्राचार्यले भारतका कुमुद राईलाई ९–११, ११–७, ११–६ र ११–३, नेपालका किरण श्रेष्ठले भारतका अविनाश कोथारीलाई ११–५, ११–२, ५–११ र ११–५, भारतका प्रकाशले नेपालका धर्ममानलाई १०–१२, ११–५, ११–७ र १४–१२ तथा नेपालका रञ्जनले भारतका कुमुदलाई १२–१०, ४–११, ८–११, ११–३ र ११–८ ले हराएका थिए ।
नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० वर्षमाथि टिम इभेन्टमा भारत ‘ए’ ले नेपाल ‘बी’ लाई ३–१ ले फाइनलमा पाखा लगायो ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC