site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भाग्यमानी चितवन र आत्मविश्वासी भैरहवाबीचको लडाईँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंं किंग्स ११ का केभिन ओ'ब्राइनले आइतबार बिराटनगर वारियर्सबिरूद्ध १८औं ओभरमा तीन छक्क हानिदिएपछि प्ले अफ पक्का गरेको चितवन टाइगर्सले बुधबार  दोस्रो क्वालिफायरमा स्थान बनाउनका लागि भैरहवा ग्लाडियटर्सबिरूद्ध खेल्दैछ । 

गत बर्ष लिग चरणको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको चितवनले यसपटक राम्रो गर्ने भन्दै इङ्ल्यान्डबाट दुई र आयरल्यान्डबाट एक खेलाडी ल्याएर राम्रो गर्ने दाबी गरेको थियो । शुरूमा लगातार तीन खेल गुमाएपछि चितवनको प्ले अफ सम्भावना कम हुँदै गएको थियो । तर अन्तिम दुई खेलमा पुनरागमन गर्दै चितवनले प्ले अफको आश जगाएको थियो । अन्तिम दुई खेल जितेपछि बिराटनगर र काठमाडौं किंग्स ११बीचको नतिजा कुरेर बसेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार टस हारेर ब्याटिङका लागि निम्त्याएको बिराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय रन बनायो । त्यसपछि बिराटनगरलाई प्रातियोगितामा टिकिरहन काठमाडौंलाई १८ ओभरसम्म रोक्नु पर्ने समिकरण बनेको थियो । अन्यथा रनरेटका आधरमा चितवनसंग पछि पर्दै प्रतियोगिताबाट बहिरिन्थ्यो । १ सय १ रनको लक्ष्य पछ्याएको काठमाडौंले १७ ओभरमा ५ विकेट गुमाएर ८८ रन बनाएको थियो । खेल सकिन ३ ओभर रहे पनि बिराटनगरका लागि एक ओभर गर या मरको अवस्था बन्यो । जसमा काठमाडौंका ओ'ब्राइन तगारो बनिदिए । पारसको बलमा आयरल्यान्डका ओ'ब्राइनले तीन छक्का  हानिदिए पछि चितवनको भाग्य चम्किएको हो । 

हारसंगै गत बर्षको बिजेता प्रतियोगिताबाट बाहिरिसकेको छ । पछिल्लो समय लय समाएको चितवनले बुधबार भैरहवालाई हराइदियो भने साबिक उप बिजेता पनि प्रतियोगिताबाट बहिरिनेछ ।  भैरहवाले लिग चरणका पाँचमध्ये ३ मा जित र दुईमा पराजय भोगेको थियो । भैरहवाका रबि इन्दर सिंह प्रतियोगितामा अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन भने चितवनका ललितसिंह भन्डारीले सबैभन्दा धेरै विकेट लिएका छन् । चितवनका दिपेन्द्रसिंह एरि र पाउल स्टर्लिङ्ले पनि ब्याटिङमा राम्रो गरिरहेका छन् ।   

Global Ime bank

तर भैरहवाका कप्तान शरद भेषावकरले घरेलु प्रतियोगितामा  आफुलाई प्रामाणित गरिसकेका छन् ।  ट्वान्टी-२० फ्रेन्चाइज लिगका चार फाइनलमध्ये तीनमा शरदले फाइनलको यात्रा तय गरेका छन् । गत बर्षको धनगढी प्रीमियर लिगमा उनी सहभागी भएनन् । पछिल्लो पटक पोखरा प्रीमियर लिगम शरद बिजयी भएका थिए । शरदलाई रोक्नु भग्यमानी चितवनका लागि सहज हुनेछैन ।  

हुन त बिगतको नजिताले इपिलमा अर्थ नराख्न सक्छ । जसको ज्वलन्त उदाहरण हुन्, पारस खड्का । प्राय प्रतियोगिताको उपाधि जित्दै आएका पारसको यात्रा लिग चरणमै पुर्णबिराम लागेको छ । त्यसैले लय समात्दै आएको चितवनबिरूद्धको खेल शरदका लागी पनि  कडा चुनौती हुनेछ । हुन त लिग चरणमा भैरहवाले चितवनमाथी १२ रनको  बिजय हासिल गरेको थियो । त्यसैले भैरहवाको मनोबल उच्च हुनसक्छ । तर धेरै आत्मबिश्वासी बन्नु  भैरहवाका लागि आत्मघाती बन्न पनी बन्नसक्छ, बिराटनगरलाई जस्तै । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC