site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकाले आमालाई मृत्युको मुखमा रहेको दुई वर्षे छोरा पनि भेट्न दिएन !
Ghorahi CementGhorahi Cement

बीबीसी । क्यालिफोर्नियामा गम्भीर अवस्थामा रहेका दुई वर्षे बालक अब्दुल्ला हसनले ट्रम्पको आप्रवासन नीतिका कारण आफ्नी आमासँग भेट्न पाएका छैनन् । ट्रम्पले यमन लगायत अधिकांश ईस्लामी राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएपछि एउटी आमाले आफ्नो दुई वर्षीय छोरालाई अन्तिम समयमा समेत भेट्न नपाउने भएकी हुन् । 

अब्दुल्लालाई जन्मदै ‘हाइपोमेलिनेसन’ नामक मस्तिष्कको बिमारी रहेको थियो । यसैकारण तीन महिनाअघि उनलाई उपचारका लागि इजिप्टको राजधानी कायरोबाट अमेरिका ल्याइएको थियो । तर अहिले भने चिकित्सकहरुले अब्दुल्लालाई बचाउन नसकिने बताएपछि  उनकी आमा साइमाले लाइफ सपोर्टबाट निकाल्नु अगाडि अन्तिम पटक छोरालाई भेट्ने प्रयास गरेको आफन्तहरुको भनाइ छ । यस्तोमा अब्दुल्लालाई अहिले उनकी आमाकहाँ इजिप्ट पुर्याउनु पनि ज्यादै खतरनाक हुने हुनाले पनि साइमाले अमेरिकी राज्य विभागकहाँ धाइरहेकी छन् । 

Agni Group

वास्तवमा अब्दुल्ला र तिनका पिता अलि हसन यमनमै जन्मिएको भएपनि अमेरिकी नागरिक हुन् । हसन परिवार १९८० को सुरुवातमा पहिलोपटक क्यालिफोर्निया आएको थियो तरपनि उनीहरुले यमनसँग नजिकी सम्बन्ध राख्दै आएका छन् ।

तर यमनमा द्वन्द्व चर्किएपछि अब्दुल्ला ८ महिनाको हुँदा उनीहरु इजिप्टको राजधानी कायरो आएका थिए । यसपछि अब्दुल्लाको उपचारका लागि तीन महिना अगाडि उनीहरु अमेरिका आएका हुन् जसमा उनकी आमा पछि मात्र आउने तय गरिएको थियो । तर छोराको अवस्था ज्यादै नाजुक भएको बताइएपछि साइमाले अमेरिकी राज्य विभागसँग प्रतिबन्ध छुटको माग गर्दै आवेदन दिएकी हुन् । तर विभागले तिनको माग लगातार अस्वीकार गरेपछि उनीहरु संकटमा परेका हुन् ।  
यसरी अहिले ट्रम्पको आप्रवासन नीतिकै कारण अब्दुल्लाकी आमा अमेरिका आउन नसकेको उनका पिताको गुनासो छ । २२ वर्षीय अलि हसनले भनेका छन्, “उसकी आमाले एक अन्तिम पटक छोराको हात मात्र समाउन चााहेकी हुन् ।”

Global Ime bank

यसरी ट्रम्पको यो नीति हसन परिवारका लागि निकै क्रुर साबित भइरहेको काउन्सिल अन अमेरिकन–इस्लामिक रिलेसन’ बाट परिवारलाई मिलाउन वकालत गरिरहेका साद स्वेलियमले बताएका हुन् । यता अमेरिकी राज्य विभागका एक अधिकारीले भने यो विषयमा यस्तो बयान दिएका छन्, ‘विदेशी नागरिकहरुको वैध यात्राका निम्ति अमेरिकाले सबै सम्भव कोशिश गरिरहेको छ । तरपनि देशमा लागू्र आप्रवासन कानुन र देशको सुरक्षा सुनिश्चित गर्न हामी पूर्ण प्रतिबद्ध छौँ । यसरी अहिले यो मुद्दालाई अन्तराष्ट्रिय संचार माध्यमहरुले चर्चामा ल्याइरहेका छन् भने ट्रम्पको सो नीति विरुद्ध सामाजिक संजालमा थुप्रैले आवाज उठाइरहेका छन् । 
बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC