site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जात्रै जात्रा’ को रिलिज डेट सर्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ को रिलिज डेट परिवर्तन हुने भएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेपछि छायांकन प्रभावित भएको थियो । 

मंसिर ४ गते टेकुमा मोटरसाइकलले ठक्कर दिएपछि खुट्टा भाँचिएका विपिन अहिले अप्रेसन पछि रेष्टमा छन् । अझै करिब दुई हप्ता उनी रेष्टमा बस्ने विपिन बताउँछन् । उनी मंसिर ४ गते विहान छायांकनका लागि बालाजुस्थित एनएफडीसी स्टुडियो जाने क्रममा दुर्घटनामा परेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस अघि ‘जात्रै जात्रा’ फागुन १७ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको थियो । अन्य कलाकारको पार्ट छायांकन गरेपनि अझै करिब ५० प्रतिशत छायांकन गर्न बाँकी छ । 

विपिन स्वस्थ भएपछि चलचित्र छायांकन सुरु गरिने र रिलिज डेट तय गरिने निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाले जानकारी दिए । विपिनसँगै रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत लगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् ।  

Global Ime bank

‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC