site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बिनाजानकारी विदेश भ्रमण गर्ने तीन सचिवसँग स्पष्टीकरण माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिपरिषद्लाई जानकारी नदिई विदेश भ्रमण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले तीन जना सचिवसँग स्पष्टीकरण लिएको खुलेको छ । मुख्य सचिव रेग्मीले भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुदन अधिकारी, खानेपानी सचिव गजेन्द्रकुमार ठाकुर र गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलसँग स्पष्टीकरण लिएका हुन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतका अनुसार सरकारलाई जानकारी नदिई भौतिक पूर्वाधार तथा यातायात सचिव अधिकारी भारत, खानपानी सचिव ठाकुर अमेरिका र गण्डकी प्रदेश प्रमुख सचिव पौडेल चीन गएका थिए । उक्त कुरा प्रधानमन्त्रीले थाहा पाएपछि मुख्स सचिवमार्फत् स्पष्टीकरण लिएका हुन् । 
“मन्त्रिपरिषद्लाई जानकारी नदिई तीन सचिवले विदेश भ्रमण गरेपछि मुख्यसचिवज्यूले ती सचिवहरुसँग स्पष्टीकरण लिनुभएको छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले भन्यो । स्पष्टीकरण केही दिनअघि लिइएको स्रोतले जनायो । 
सचिवहरुले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ को उल्लंघन गर्दै विदेश भ्रमण गरेपछि स्पष्टीकरण लिइएको स्रोत बताउँछ । सरकारी कर्मचारीले अनावश्यक विदेश भ्रमण गर्दा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च हुने र जस्तोसुकै कार्यक्रममा उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुँदा देशकै प्रतिष्ठामा आँच आउने भएकोले यसलाई रोक्न सरकारले यसै वर्षको सुरुमा वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गरेको थियो । 
आर्थिक वर्ष २०७४–०७५ मा ५ हजारभन्दा बढी सरकारी कर्मचारीले विदेश भ्रमण गरेका थिए । उक्त भ्रमणमा राज्यकोषबाट करिब २ अर्ब रुपैयाँ खर्च भएको थियो । त्यसपछि सरकारले मितव्ययिता अपनाउने भन्दै निर्देशिका र कार्यविधि ल्याएको थियो । कार्यविधिमा स्पष्ट रुपमा सचिव गर्ने विदेश भ्रमणलाई अनिवार्य रुपमा मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने उल्लेख छ । तर तीन जना सचिवहरु मन्त्रीपरिषद्को निर्णयबिनै विदेश भ्रमण निस्केको स्रोतले जनायो । 
“नेपाल सरकारका मुख्यसचिव, सचिव वा विशिष्ट श्रेणीका अधिकृत वा सो सरहका पदाधिकारीको वैदेशिक भ्रमण स्वीकृत गर्ने पदाधिकारी नेपाल सरकार, मन्त्रिपरिषद्,’ वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ को दफा ५ मा उल्लेख छ । स्पष्टीकरण लिइसकेको भएपनि कारवाही के गर्ने भन्ने विषयमा निर्णय लिइनसकिएको स्रोतले बतायो । 

याे पनि पढ्नुहाेस्

Prabhu Bank
Agni Group
NIC Asia

जनताको करमा भीआईपीको घुमघाम

 

४ महिनामा १५७६ कर्मचारी ६२२२ दिन विदेशमा, घुमफिरमा ३७ करोड स्वाहा 

 

Global Ime bank

दुई तिहाईका प्रधानमन्त्रीलाई पनि टेर्दैनन् कर्मचारी !

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC