site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अहंकारले कुनै नेता वा अरू कसैको कद उचो बनाएको इतिहास छैन नेपालका बहालवाला प्रधानमन्त्री र प्रमुख विपक्षी नेता दुवै विपक्षीमात्र हैन आफ्नै पार्टीका नेताहरूलाई समेत बिझाउने कटुवचन प्रयोग गर्न हिचकिचाउँदैनन् । अरूको मर्यादा नराखेपछि आफ्नो पनि रहँदैन भन्ने यथार्थसमेत यिनले कहिल्यै हेक्का राखेको देखिएन । पार्टी र सरकारको काममा कमजोरी देखाउने नेतालाई प्रधानमन्त्री केपी ओलीले गरेको कटाक्ष पदको गरिमा सुहाउँदो थिएन । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिमा मनोनीत गरिएका नेताहरूलाई धम्कीको भाकामा गरेको कटाक्ष पनि पदीय मर्यादाअनुरूप थिएन । दुवै शीर्ष नेताहरूले कटाक्ष गरेका नेताहरू पनि तिनका समकक्षी र समवयी हुन् । पत्रकार र बुद्धिजीवीप्रति तिनको द्रोहभाव पनि पटकपटक प्रकट हुने गरेकै छ । शासकहरूको जीवन शैली बढी विलासी भएकोमा वा राष्ट्रको स्वाभिमानसमेतको हेक्का नराखी विवादास्पद संस्था र व्यक्तिलाई सम्मान दिइएकोजस्ता विषयमा आलोचना गर्ने व्यक्तिलाई प्रधानमन्त्री ओलीलेसार्वजनिकरूपमै ‘असभ्य’सम्म भने । यस्तो असहिष्णु संस्कार भएका नेताहरूले सामान्य नागरिकको मर्यादा गर्लान् भनेर अपेक्षा गर्नु सायद मूर्खता नै हुन्छ ।

शीर्ष नेतृत्वको उपेक्षा र अवहेलना सहेर पनि चुप लाग्ने कार्यकर्ता र नेताहरूको विवशता भने राजनीतिक र मानवीय दृष्टिले स्वाभाविक देखिँदैन । नेपालको राजनीतिमा भने यही अस्वाभाविक व्यवहार संस्कारका रूपमा स्थापित गर्न खोजिँदैछ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं बहालवाला प्रधानमन्त्री  केपी शर्मा ओली अहंकारलाई राजनीतिक संस्कार बनाउने प्रवृत्तिका प्रतिनिधि पात्र भएका छन् । विडम्बना, तिनका समकक्षी प्रतिस्पर्धी पनि त्यही प्रवृत्तिको अनुसरण गरिरहेका देखिन्छन् । सम्भवतः नेपालको राजनीतिक नेतृत्वको  सांस्कृतिक चेत यसभन्दा पहिले यति तल खस्केको  थिएन । अहिलेका नेता त मानवीय मूल्य र मर्यादासमेत मिच्न हिचकिचाउँदैनन् । संस्कारगत अधोपतनको मारमा भने सधैँजस्तो सर्वसाधारण पर्ने गरेका छन् । त्यसो त यस्तो अात्ममुग्ध प्रवृत्ति अात्मघातीसमेत  हुन्छ । 

पार्टीका कार्यकर्तामात्र हैन आफ्नै समकक्षी नेताहरूलाई समेत मानमर्दन गर्न तम्सने नेतृत्वले जनताको उपेक्षा गर्नु अस्वाभाविक होइन । नेताहरूको अहंकारको तुष्टिका लागि देशले पटकपटक ठूलो मूल्य चुक्ता गरेको छ । पार्टीभित्रका प्रतिस्पर्धीहरूले पदमा हुनेको आलोचना गर्नु अत्यन्त स्वाभाविक हो । यस्तै, नेतृत्वको खोट खोतल्नु र देखाउनु एक्काइसौं शताब्दीका पत्रकार र बुद्धिजीवीको मात्र हैन सबै सचेत नागरिकको अधिकार र कर्तव्य दुवै हो । सत्तामा हुने सबैभन्दा बढी जिम्मेवार र सहिष्णु हुनुपर्छ । आलोचनाको ‘ओँठे जबाफ’ दिएर कुनै नेता महान् हुँदैन । अरूलाई मर्ममै चोट लाग्ने गरी सार्वजनिकरूपमा गरिने कटाक्षबाट घृणा, वितृष्णा र क्षोभमात्रै बढाउने हो । यसैले सार्वजनिक जीवनमा रहनेहरू विशेषगरी मानवीय मर्यादामा अतिक्रमण गर्नबाट जोगिनुपर्छ । बरु, आफ्नै कमजोरी केलाएर आत्मालोचना गर्नु बेस हुन्छ । तिनै सहकर्मीहरूसँग कुन बेला हात मिलाउनु पर्ने हो भन्ने ठेगान नहुनेहरूले कम्तीमा मानवीय व्यवहार गर्न र बरिस बद्रका यी पंक्तिहरू सम्झिदिए हुन्थ्यो – 
‘‘दुस्मनी जम कर करो फिर भी यह गुन्जाइस रहे ।
जब कभी दोस्त हो जाएँ तो सर्मिन्दा न होँ । ’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC