site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा  निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । उनी लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित रहेका थिए । उनलाई हालैमात्रै भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ लगिएकोमा पछि घर फिर्ता गरिएको थियो । उनी नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै काम गरेको भए पनि २०१७ सालको कदममा राजा महेन्द्रलाई उनले साथ दिएका थिए । 

पछि तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९को कदम चालेपछि बनाएका दुई उपाध्यक्षमा एक जना डा. गिरी थिए भने अर्का कीर्तिनिधि बिष्ट थिए । २०३६ सालमा तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गरेकोमा त्यसमा असहमति जनाउँदै उनी श्रीलंका गएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी राजा ज्ञानेन्द्रको शासनकालमा उपाध्यक्ष रहँदा गृहमन्त्री रहेका राप्रपाका अध्यक्ष कमल थापाले ट्वीटमार्फत डा. गिरीलाई श्रद्धाञ्जली दिएका छन् । 

डा. गिरी चिकित्सक भएर पनि चिकित्सा पेशा नअपनाएर राजनीतिमा होमिएका व्यक्तित्व हुन्  । डा. गिरीको राजनीतिक जीवनको थालनी मूलतः तत्कालीन कांग्रेस नेता विश्ववन्धु थापाको संगतमा आएपछि अगाडि बढेको मानिन्छ । तथापि, डा. गिरीको पारिवारिक पृष्ठभूमि राजनीतिक नै रहेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC