site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजिप्टमा भेटियो ४ हजार ४०० वर्ष पुरानो चिहान 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इजिप्टको राजधानी काइरोको दक्षिणतर्फ एउटा ४ हजार वर्ष भन्दा  पुरानो चिहान फेला पारिएको पुरातात्विक मन्त्रालयले जनाएको छ । यसरी यत्तिका वर्ष पुरानो भएपनि चिहानभित्रका चित्रकलाहरु अत्यन्तै संरक्षित अवस्थामा भेटिएका हुन् । निर्देशक सेबरी फरागका अनुसार सो चिहान १० मिटर लामो र तीन मिटर चौडा छ भने मुनिपट्टी पनि प्रशस्तै ठाउँ रहेको छ । 

यसरी ‘सक्कारा’ पुरातात्विक स्थलमा फेला परेको सो चिहान ४,४०० वर्ष पहिले शाषन गर्ने फारोको पाचौँ वंशको भएको पुरातात्विक मन्त्री खलिद अल अनानीको भनाइ छ । उनका अनुसार राजदरबारमा शुद्धिकरण गर्ने ‘ह्वाटे’ नामक शाही पुजारीले त्यसको ख्याल राख्ने गरेका थिए । चिहानमा रहेका शिलालेखहरुले पनि नेफेर इर का रे नामक राजाको पालामा ती पूजारी एक पवित्र नाउँका निरीक्षक रहेको संकेत गरेको बताइएको छ ।  

यसरी चिहानका पर्खालहरुमा विभिन्न रङले सजाइएका चित्रहरुमा ह्क्वाटे, तिनकी आमा, पत्नी र परिवारका आकृति रहेका छन् । त्यसबाहेकका अन्य चित्रहरुमा चाहिँ वाइन, सांगितिक प्रस्तुती, नाउँ चलाइरहेको, शिकार खेलिरहेको र दाहसंसकारका लागि फर्निचर निर्माण गरिरहेको देख्न सकिने उत्खनन मिसनका प्रमुख मोस्तफा वाजिरीले बताएका हुन् । वाजिरी र उनको टोली सो चिहानसम्म गत नभेम्बरमै पुगिसकेपनि त्यसको ढोका बन्द भएकाले प्रवेश गर्न समय लागेको हो । चिहानभित्रका अन्य ५० ठाउँमा पनि रङ्गीन मूर्तिहरु ढुङ्गामा कोरिएका छन् । गत नोभेम्बरमा पनि पुरातात्विक विभागले बिरालो र किराहरुको सामुहिक चिहान परम्परागत ममीका रुपमा फेला पारेको थियो । सिएनएन
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  ०६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC