site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘र्‍याप म्युजिक’ मा समेत सरकारको नियन्त्रण चाहन्छन् पुटिन 
Sarbottam CementSarbottam Cement

बीबीसी । रुसका राष्ट्रपति भलाद्मीर पुटिनले र्‍याप म्युजिकमा सरकारलाई नियन्त्रण राख्न निर्देशन दिएका छन् । देशका सबैजसो क्षेत्र र गतिविधिमा अत्यन्तै कडाइ अपनाउने गरेको रुसले युवाहरुमाझ लोकप्रिय र्याप म्युजिकमा समेत पछिल्लो समय हस्तक्षेप गरिरहेको पाइएको छ ।  

यसरी केही समय यता रुसमा र्‍याप प्रस्तुतीका विभिन्न कन्सर्टहरु सरकारले रद्द गराएपछि यो विषयले ठूलो विवाद खडा गरिरहेको छ । यस्तोमा राष्ट्रपति पुटिनले र्याप म्युजिकलाई पूर्ण रुपमा बन्द गर्न असम्भव रहेको तर त्यसलाई नियन्त्रणमा राख्न चाहिँ सकिने बताएका हुन् । युवाहरुलाई लक्षित त्यस्ता कन्सर्टहरुलाई ठीक ठाउँमा राख्न सांस्कृतिक मन्त्रालयले ठूलो भूमिका खेल्न जरुरी रहेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसै महिनाको सुरुवातमा रुसका चर्चित र्‍यापर हस्कीलाई पुलिसले गिरफ्तार गरेपछि सर्वसाधारणले सरकारको सो व्यवहारलाई अतिवादको नाम दिएका थिए । यही घटनापछि पहिलोपटक पुटिनले यस मुद्दामा आफ्नो बयान दिएका हुन् । दिमीट्री कुट्नेज्सव नामक ती र्यापरले आफ्नो कन्सर्ट रद्द भएपछि कारमाथि उभिएर सडकको बीचमा मानिसहरु भेला पारि गीत गाएका थिए । यसैकारण पुलिसले उनलाई पक्राउ गरेको थियो । 

यही विषयमा सांस्कृतिक परिषदमा बोल्दै उनले यो मुद्दा निकै ध्यानपूर्वक हेर्नुपर्ने बताएका हुन् । युवाहरुमा ड्रग्स लगायत लागू औषधको प्रयोगबारे विशेष चिन्ता व्यक्त गर्दै उनले र्याप त्यस्तै किसिमको विद्रोही भावनामा आधारित हुने गरेकाले यसले देशमा खराब प्रवृत्ति भित्र्याउन सक्ने बताएका हुन् । यसरी रुसी सरकार पहिले पनि संगीतको विरोधी रहिसकेको छ । पछिल्लो पटक विश्वकपको समयमा पनि रुसले महिलावादी सांगितिक ब्यान्डका सदस्यलाई गिरफ्तार गरेको थियो जसका एक व्यक्तिको केही समय अगाडि मृत्यु भएको हो । ब्यान्डका सदस्यहरुले सो मृत्युमा रुस सरकारकै हात रहेको आरोप लगाउँदै आएका छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC