अर्थ व्यवसाय
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बैंकबाट बिदा भएका छन् । पुस १६ गते कार्यकाल समाप्त हुने भएपनि भण्डारी आजैबाट बिदामा बसेका हुन् ।
बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकका कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
भण्डारी सन् २००७ देखि बैंकका सीईओका रुपमा कार्यरत थिए ।
प्रकाशित मिति: आइतबार, पुस १, २०७५ १२:५७
प्रतिक्रिया दिनुहोस्