site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा ३३ किलो सुनसहित पक्राउ परेका दुई नेपालीको सम्बन्ध गोरेसँग !
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतमा अघिल्लो साता पक्राउ परेको ३३ किलो सुनसहित दुईजना नेपाली पक्राउ परेका छन् । त्यहाँको केन्द्रीय राजश्व अनुसन्धान ब्युरो (सीआरआईबी) को वेबसाइट्मा फ्ल्यास न्यूजका रुपमा समाचार दिएको पाइएको छ । 
कोलकत्ताबाट नयाँ दिल्ली जाँदै गरेको कारको फल्स बटममा लुकाइएको सुनसहित इटहरीका हेमकुमार शर्मा र राकेशप्रसादलाई पक्राउ गरिएको थियो ।

एकसाताअघि नै उनीहरु पक्राउ परेको बताइएको छ । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । भारतको केन्द्रीय राजश्व अनुसन्धान ब्यूरोले दुई दिनसम्म लगातार ३३–३३ किलो अवैध सुन बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुई नेपालीको साथमा रहेको ३३ किलो सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । एक हप्ता अघि नै बरामद भएको सो सुन एक स्थानबाट मात्रै होइन कि दुई स्थानबाट बरामद भएको जनाइएको छ । त्यो पनि नेपालबाट तस्करीका कारण हराएको ३३ किलो सुनकै परिमाणसँग मिल्दोजुल्दो रहेको छ । 

Agni Group

सीआरआइबीले जनाएअनुसार पहिलो ३३ किलो सुन यही डिसेम्बर महिनाको ६ तारेखका दिन लखनउमा बरामद गरिएको थियो । त्यसको मूल्य भारु १० करोड ४६ लाख अनुमानित छ भने त्यसको भोलिपल्ट डिसेम्बर ७ का दिन पनि पश्चिम बंगालको दानकुनीमा ३३ किलो सुन बरामद भएको जनाइएको छ  । संयोग यस्तो परेको छ कि दुवै स्थानमा बरामद गरिएको भनिएको सुनको परिमाण नेपालबाट हराएको सुनको परिमाणसँग मिल्दो छ । 

सुन भरिया सनम शाक्य हत्या घटनाका मुख्य योजनाकार गोरे भन्ने चूडामणी उप्रेतीको समूहले खाडीबाट झिकाएको ३३ किलो सुन अघिल्लो वर्ष माघमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अनामनगरबाट हराएको थियो । 

Global Ime bank

भारतमा बरामद भएको एक स्थानको सुन मारुती स्वीफ्ट कारमा लुकाइराखेको अवस्थामा फेला परेको र त्यससँगै सुनसरीका हेमप्रसाद शर्मा र राकेशप्रसाद पक्राउ परेको समेत जनाइएको छ ।  गृह मन्त्रालयले पनि पश्चिम बंगालको कोलकातामा बरामद गरिएको भनिएको सुनको बारेमा चासो राखेको एक उच्च अधिकारीले जनाएका छन्  । 

यसअघि पनि नेपालको बाटो हुँदै तस्करी गरिएको सुन कोलकातामा नै जाने गरेको र पक्राउ पर्नु अघि सुन तस्करीका नाइके मानिएका गोरेपनि सनम हत्याकाण्डपछि त्यतै गएकोले भारतमा बरामद सुन प्रकरणलाई गृहका अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पाइएको छ । 

एक उच्च प्रहरी अधिकारीका अनुसार अहिले सुन प्रकरणमा पक्राउ परेकाहरु धमाधम रिहा हुन थालेकाले तस्करमा संलग्नहरु सलबलाउन थालेका हुन् । पहिले लुकाएर राखिएको सुन अर्को ठाउँमा लैजान लागिएको हुन सक्ने उनको आशंका छ । उनका अनुसार सनम शाक्यको डायरीमा भएको एक व्यक्तिको नाम अहिले पक्राउ परेकासँग मिल्ने हुनाले उनीहरुको गोरसँग सम्बन्ध रहेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०७५  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC