site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इञ्जिनीयरहरु चुनावमा भिड्दै, ८ देखि ५ बजेसम्म मतदान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन आज (शुक्रबार) सातवटै प्रदेशमा हुने भएको छ । निर्वाचनमा प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा हुनेछ ।

निर्वाचनमा लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा हिरेन्द्रमान प्रधान, उपाध्यक्षमा डा. चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यूलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषाध्यक्षमा जानुका थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी, प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार एकैदिन केन्द्रीय कार्यकारिणी समिति र सातवटै प्रदेशको सात कार्यकारिणी समितिको निर्वाचन हुनेछ । करिब १७ हजार इञ्जिनीयरले १४ केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६/१६ पदका लागि चुनाव हुन लागेको हो । एशोसिएसनको कार्यकारिणी समितिको पदावधि २ वर्षको हुने प्रावधान छ । मतदान कार्यक्रमको समय बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC