site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । मुद्रा र पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाउने भएको छ । वित्तीय स्थायित्व कायम गर्न तथा उत्पन्न समस्याको पहिचान र समाधानका उपाय अध्ययन गर्न गठित समितिले आइतबार प्रतिवेदन बुझाउने भएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समिति प्रतिवेदनमा समेट्ने विषयमा छलफल गरी हाल मस्यौदा तयार गर्ने क्रममा रहेको छ । ब्याजदर बढ्ने र सेयर बजार घट्ने समस्या उत्पन्न हुन थालेपछि गठित समितिले दुवै समस्या सम्बोधन गर्ने गरी प्रतिवेदन पेश गर्न लागेको एक सदस्यले जानकारी दिए ।

Agni Group

कार्यदलले शेयर बजारलाई दीर्घकालीन रुपमा व्यवस्थित र दिगो बनाउन आवश्यक नीतिगत व्यवस्था र ब्याजदर नियन्त्रणका लागि केही विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिने तयारी गरेको छ । प्रतिवेदन शुक्रबारसम्म तयार भइसक्ने बताइएको छ ।

अर्थमन्त्री खतिवडाद्वार गठित समितिमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री सम्मिलित छन् ।

Global Ime bank

समितिले सेयर बजार र ब्याजदरका अल्पकालीन भन्दा दीर्घकालीन समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिन लागेको बताइएको छ । अर्थतन्त्र र सेयर बजारलाई सम्बोधन गर्न समितिले प्रतिवेदनमा कर्जा, निक्षेप तथा कोर पुँजी (सीसीडी रेसियो) ८० प्रतिशतको अनुपात घटाउने सुझाव दिन लागेको समितिका एक सदस्यले बाह्रखरीलाई बताए ।

 प्रतिवेदनमा पुनरकर्जा कोषमा रकम बढाउन, सेयर बजार लगानीकर्तालाई ब्रोकरमार्फत् मार्जिन लेन्डिङ उपलब्ध गराउने, संस्थागत निक्षेपमा कडाई गर्नेलगायत सुझाव राखिने उनले बताए ।

कार्यदलको मस्यौदाले शुक्रबार अन्तिम रुप पाउँदै छ । स्रोतका अनुसार समितिमा रहेको बैंकर्स संघले निक्षेप बढ्ने उपायहरु सुझाव दिएको छ भने नेपाल इन्भेस्टर्स फोरमले पनि विगत लामोसमयदेखि नै सार्वजनिक गर्दै आएको पूँजी बजार सुधारका सुझाव प्रस्तुत गरेको छ । फोरमले ब्रोकरबाट हुने मार्जिन लेन्डिङ सुरु गर्न तथा सेयर धितो कर्जालाई सरल बनाउन भनेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC