अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ७, कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । अत्तरिया शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालय संख्या १३३ पुगेको छ ।
कैलालीको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५ १८:५८
प्रतिक्रिया दिनुहोस्