site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३४ जिल्लाबाट उद्धार गरेर ल्याएका गर्भवती र सुत्केरीलाई १३ अस्पतालमा निःशुल्क सेवा
Sarbottam CementSarbottam Cement

मंसिर । सरकारले उद्धार गरेर ल्याएका दुर्गम हिमाली र पहाडी ३४ जिल्लाका गर्भवती र सुत्केरीलाई तत्कालै सेवा पुर्याउन सातै प्रदेशमा १३ वटा सरकारी अस्पतालमा तोकेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हालै जारी गरेको कार्यविधीलाई ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी, २०७५’ मा १३ वटा सरकारी अस्पतालमा उद्धार गरेर ल्याएका  गर्भवती वा सुत्केरीले निःशुल्क सेवा पाउने भएका हुन् । उद्धार गरेर ल्याएका सुत्केरी र गर्भवती महिलाले प्रदेशभित्रका सरकारी अस्पतालमा उपचार लिनुपर्ने कार्यविधीमा उल्लेख छ ।

कार्यविधीमा लगातार लामो प्रशव बेथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्त अल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ । 

सुत्केरीको उद्धार जहाज तथा हेलिकोप्टरमार्फत गरिने उल्लेख छ ।  हवाई उद्धार कार्यको समन्वय गर्नको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जसमा ८ सदस्य रहने छन् । स्थानीय तहमा हवाई उद्धार गर्ने कार्यको लागि समन्वय गर्न गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष संयोजकत्वमा समिति बनाइने बताइएको छ । समन्वय समितिको सिफारिसमा सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार गरेर प्रदेशकै तोकिएको अस्पतालमा निःशुल्क सेवा दिइनेछ ।

नि.शुल्क सेवा दिने अस्पताल
प्रदेश नं १ को मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पताल तोकेको छ । प्रदेश नं २ कोसगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल, जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल पर्सा विरगञ्जलाइ तोकिएको छ ।

Global Ime bank

त्यस्तै प्रदेश नं ३ का लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, चितवनको भरतपुरस्थित भरतपुर अस्पताल रहेको छ । गण्डकी प्रदेशका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई तोकिएको छ । प्रदेश नं ५ को रुपन्देहीस्थित लुम्बिनी अञ्चल अस्पताल, दाङस्थित राप्ती उपक्षेत्रीय अस्पताल र भेरी अञ्चल अस्पताल बाँके नेपालगञ्जलाई तोकिएको छ । कर्णाली प्रदेशका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशका लागि सेती अञ्चल अस्पताल धनगढी तोकिएको छ । यी अस्पतालमा उद्धार गरेर ल्याएकालाई गर्भवर्ती तथा सुत्केरीलाई नि.शुल्क उपचार सेवा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा निःशुल्क उपचारको व्यवस्था मिलाउँनेछ । हेलिकप्टरबाट अवतरण भएको स्थानबाट अस्पतालसम्म ल्याउनका लागि सोही अस्पतालको एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने कार्यविधीमा उल्लेख गरिएको छ ।

त्यसैगरी, सोही कार्यविधीको दफा ५ को ‘घ’मा उद्धार गरिएकी महिलाको गर्भवती तथा सुत्केरी महिला एवम नवजात शिशु उपचारमा लागेको अन्य उपचार खर्च रकम यस कार्यक्रम अन्तरगत उपलब्ध नहुने उल्लेख छ । प्रत्येक महिना अस्पतालमा भर्ना भएकी सुत्केरी महिलाको उपचार र डिस्चार्ज भएको विवरण सम्बन्धित अस्पतालले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाउनु पर्नेछ ।

दुर्गमका हिमाली र पहाडी ३४ जिल्लामा
कार्यविधीका अनुसार हवाई उद्धार कार्यक्रम संचालन हुने दुर्गम हिमाली तथा पहाडी जिल्लामा दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला रहेका छन् 
त्यसैगरी, हुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु ,दोलखा, सिन्धुपाल्चोक, गोरखा, बाग्लुङ, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रसुवा र धादिङ जिल्लामा पनि यो कार्यक्रम सञ्चालन हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC