site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जिदानलाई प्रिमियर लिग जान वेंगरको सल्लाह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । रियाल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले म्यानचेस्टर युनाइटेडको नेतृत्व सम्हाल्न सक्ने भन्दै सरुवा बजारमा चर्चा बटुलिरहेका बेला आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले उनी प्रिमियर लिगमा जानुपर्ने बताएका छन् । 
फ्रान्सलाई १९९८ मा विश्वकप उपाधि जिताउन मुख्य भूमिका निर्वाह गरेका जिदानले रियाललाई गत सिजनमा लगातार तेस्रो पटक च्याम्पियन्स लिग जिताएका थिए । च्याम्पियन्स लिगमा कीर्तिमानी ह्याट्रिक गरेपछि रियालका पूर्व प्लेमेकर जिदानले प्रशिक्षकका रुपमा राजीनामा गरेका थिए ।
‘जिदान अहिले प्रत्यक्ष रुपमा फुटबलमा सक्रिय नहुँदा उनका लागि थुप्रै भूमिका उपलब्ध छन् । विश्व फुटबलमा उनी अहिले आकर्षणका केन्द्र हुन । त्यसैले उनी इङल्यान्ड जानुपर्छ भन्ने मलाई लाग्छ । फुटबलमा शीर्ष स्तरको काम गर्ने हो भने त्यो इङल्यान्डमा गर्नुपर्छ,’ फ्रान्सका भेट्रान प्रशिक्षक वेंगरले भने, ‘पक्कै पनि ब्रेक्जिटपछि प्रिमियर लिग आर्थिक रुपमा यतिनै बलियो रहिरहन्छ भन्नेमा शंका छ । तथापि यहाँ उपाधिका लागि ६ टोलीबीच प्रतिस्पर्धा हुन्छ । अरु कतिपय देशमा डिसेम्बरमै को च्याम्पियन बन्छ भन्न सकिने अवस्था छ । फ्रान्समा त सेप्टेम्बरमै च्याम्पियन हुने टिमको अनुमान गर्न सकिन्छ ।’
अपेक्षाविपरित कमजोर नतिजा सामना गरिरहेको युनाइटेडले जोजे माउरिन्होमाथिको विश्वास गुमाए जिदान ओल्ड ट्राफोर्डमा नयाँ प्रशिक्षक हुन सक्ने चर्चा अहिले युरोपेली फुटबल बजारमा व्याप्त छ । तर २२ वर्ष आर्सनलको टोलीलाई नेतृत्व प्रदान गरेपछि गत सिजनको अन्त्यमा राजीनामा गरेका वेंगरले जिदानका लागि युनाइटेड जाने निर्णय गर्न सहज नहुने बताए । 
‘उनी अहिले कठिन मोडमा छन् । उनी विश्वकै सबभन्दा ठूलो क्लबमा धेरै समय रहे । अब उनले जाने भनेको दोस्रो ठूलो क्लबमा हो । त्यसको मतलब, नयाँ क्लबमा उनले धेरैथोक नयाँ गर्नुपर्नेछ । लामो समयको योजनासहित उनले प्रिमियर लिगमा काम थाल्ने र टोलीलाई फेरी च्याम्पियन्स लिग जिताउने अवस्थामा पु¥याउनुपर्छ,’ वेंगरले जिदानको सम्भावित युनाइटेड सरुवावारे भने, ‘त्यो पक्कै पनि सजिलो छैन । तर जिदानका लागि असम्भव पनि छैन । च्याम्पियन्स लिगमा लगातार तीन पटक उपाधि जित्न पनि सजिलो थिएन । उनले खेलाडी र प्रशिक्षकका रुपमा आफूलाई विश्वकै सबभन्दा सफल भनेर प्रमाणित गरिसकेका छन् ।’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC