site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
होटल सोल्टीको आम्दानी १ अर्ब ६६ करोड, १६ प्रतिशत नगद लाभांश प्रस्ताव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राजधानीको ताहाचलस्थित प्रमुख पाँचतारे होटल सोल्टीले आर्थिक वर्ष २०७४–७५ मा १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । आयकरपछिको खुद मुनाफा २७ करोड ९२ लाख ३७ हजार पुगेको होटलले जनाएको छ ।
होटल सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई चुक्ता पुँजीको १६ दशमलव ३१ प्रतिशतका दरले नगद लाभांश दिने घोषणा सोल्टीले गरेको छ । आगामी पुस २६ गते हुने होटलको ४४औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
होटलका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा १ अर्ब ३० करोड १२ लाख ८९ हजार रुपैयाँ कूल खर्च भएको छ । उक्त अवधिमा सञ्चालन मुनाफा ३६ करोड २९ लाख १६ हजार रुपैयाँ भएको थियो भने ७ करोड ३ लाख रुपैयाँबराबर आयकर तिरिएको थियो । 
होटलको खुद मुनाफा भने १ सय १ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष १३ करोड ८७ लाख ३५ हजार रुपैयाँमात्र खुद मुनाफा गरेको थियो । सञ्चालन मुनाफा भने १८ करोड ६ लाख रुपैयाँ थियो । 
होटलले अघिल्लो आर्थिक वर्ष २०७३–७४ मा भने १ अर्ब ६४ करोड ५ लाख १९ हजार रुपैयाँ कूल आम्दानी गरेको थियो । यो भनेको गत आर्थिक वर्षको दाँजोमा १ दशमलव ४४ प्रतिशतले बढी हो ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC