site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ज्ञानेन्द्र मल्ललाई ट्विस्टरको साथ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट सामग्री निर्माण कम्पनी ट्विस्टरले दुई वर्षका लागि प्रायोजन गर्ने भएको छ । नेपालका ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्रलाई ट्विस्टरले क्रिकेट सामाग्री र नगद गरी २ वर्षका लागि १६ लाख (वार्षिक ८ लाख ) रुपैयाँ बराबरको प्रायोजन गरेको हो । 
बिहीबार ट्विस्टरका प्रतिनिधि केयुर देसाई र ज्ञानेन्द्रले प्रायोजन सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् । ज्ञानेन्द्रले त्रिवि मैदानमा शनिबारबाट भएको एभरेस्ट प्रिमिएर लिग (इपिएल)मा ट्विस्टरको ब्याट प्रयोग गर्न थाले पनि बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
ट्विस्टरको साथले आफूलाई नेपाली क्रिकेटमा थप प्रतिबद्धताका साथ लाग्न उर्जा प्राप्त भएको ज्ञानेन्द्रले बताएका छन् । खेलाडीको आर्थिक पक्ष बलियो भएमात्र मैदानमा प्रदर्शन निखारिने बताउँदे उनले अन्य खेलाडीलाई पनि यस्तो प्रायोजनले प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । 
यसअघि भारतीय यू–१९ र पहिलो श्रेणीका खेलाडीहरुलाई प्रायोजन गर्दै आएको ट्विस्टरले पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीलाई प्रायोजन गरेको हो । भारतीय क्रिकेट सामग्री निर्माता कम्पनी अक्सर इण्डस्ट्रिजले २०१४ देखि ट्विस्टर उत्पादन गर्न थालेको हो । नेपालमा ट्विस्टरका सामग्री ज्ञानेन्द्रले सञ्चालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरमा उपलब्ध हुने जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC