site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ईपिएलमा पहिलो अंक खोज्दै चितवन र पोखरा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग पराजित भएको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा शुक्रबार अंकरहित चितवन टाइगर्सलाई सिकार बनाउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित कीर्तिपुर मैदानमा उत्रिनेछ । 
समूह चरणको शीर्ष दुईमा रहेर सिधै फाइनल खेल्ने लक्ष्य बनाएको विराटनगर पहिलो खेलमै पराजित भएपछि दबाबमा परेको थियो । तर साविक विजेता विराटनगरले पछिल्ला दुई खेलमा रोमाञ्चक नतिजा निकाल्न सफल भएको छ । पोखरा राइनोजविरुद्ध सुपर ओभरमा भाग्यमानी बनेको विराटनगरले ललितपुरमाथि ३ विकेटको विजय हासिल गरेको थियो । राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर तीन खेलबाट ४ अंक जोड्दैे तेस्रो स्थानमा छ । विराटनगरले अब चितवनबाहेक काठमाडौं किंग्सविरुद्ध खेल्नेछ । चार खेलबाट ६ अंक निकालेको ललितपुर प्याट्रियोट्स शीर्ष स्थानमा रहँदा तीन खेलमा सतप्रतिशत नतिजा निकालेको भैरहवा दोस्रो स्थानमा छ । दुई खेल खेलेको काठमाडौं २ अंकका साथ चौथो स्थानमा छ । तीन खेलमा पराजय भोगेको चितवन पुछारमा छ ।
गत सिजन खराब नतिजा भेगेपछि यस सिजन आयरल्यान्डका ओपनर पाउल स्टर्लिङका साथै इङ्ल्यान्डका जोन सिम्पसन र जर्स स्कटलाई भित्र्याएको चितवन पहिलो जितको खोजीमा छ । पहिलो खेलमा भैरहवालाई १२ रनको नतिजा सुम्पिएको चितवन दोस्रो खेलमा काठमाडौं किंग्ससँग ६ विकेटले पराजित भएको थियो । गत सिजनको प्रदर्शन बिर्साउने लक्ष्य राखेको चितवन तेस्रो खेलमा पनि ललितपुरसँग ११ रनले पराजित भएपछि प्रतियोगिताबाट लगभग बाहिरिएको छ । चितवनलाई अघिल्लो चरण पुग्नका लागि बाँकी दुवै खेल जितेरमात्र पुग्ने छैन । चितवनले अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ । चितवनले अन्तिम खेल पोखरा राइनोजविरुद्ध खेल्नेछ ।
स्कटल्यान्डका काइल कोइट्जरलाई कप्तानको जिम्मेवारी सुम्पिएको पोखरा राइनोजले शुक्रबारै काठमाडौं किंग्सविरुद्ध खेल्नेछ । पोखरा पनि चितवन जस्तै काठमाडौंलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा छ । गत वर्ष दुई खेल जित्दै प्लेअफमा स्थान बनाएको पोखरा ललितपुरसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । तर जारी सिजन लगातार तीन खेलमा पराजित भएपछि पोखराको प्लेअफ खेल्ने सम्भावना कमजोर बनेको छ । 
गत वर्ष श्रीलंकाका फारवेज माहरुफको कप्तानीमा खेलेको काठमाडौंले एक खेलमात्र जितेर प्रतियोगिताको अन्त्य गरेको थियो । यसपटक सोमपाल कामीलाई कप्तानको जिम्मेवारी दिएको काठमाडौंले आयरल्यान्डका केभिन ओ‘ब्रायन, युएईका रोहन मुस्तफा तथा भारतीय खेलाडी सुब्रमन्यम अनन्द र प्रदीप साहुलाई अनुबन्ध गरेको छ । तर विदेशी खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । तथापी काठमाडौं शुक्रबार पोखरालाई हराउँदै प्लेअफ यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC