site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिदेशीय मैत्रीपूर्ण बक्सिङ पुस अन्तिममा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल, भारत र भुटानका खेलाडीको सहभागितामा पुसको अन्तिममा मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ । बोसिगाउँ बक्सिङ क्लबको आयोजनामा तीन देशबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुन लागेको हो । 
पुस २५ र २६ गते चन्द्रागिरी नगरपालिकामा हुने प्रतियोगितामा भारतको हरियाणा राज्यको बक्सिङ टोली, भुटानको राष्ट्रिय टोली र नेपालबाट ‘ए’ र ‘बी’ गरी दुई टोली सहभागि हुने आयोजक बोसिगाउँ क्लबका अध्यक्ष दीपक महर्जनले जानकारी दिए । 
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले सर्वाधिक सफल खेल भए पनि पछिल्लो समय अपेक्षाकृत नतिजा निकाल्न नसकेको अवस्थामा खेलाडीको विकासका लागि प्रतियोगिता गर्न लागेको बताए । उनले घरेलु मैदानमा हुने १३औं दक्षिण एशियाली खेलुकदको तयारीका लागि यो प्रतियोगिताले सहयोग पुग्ने बताए । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङको विकासका लागि प्रतियोगिता भइरहनु पर्ने बताए । 
पुरुष र महिला गरी ११ तौल समूहमा हुने प्रतिस्पर्धामा प्रत्येक टिमबाट ११ जना खेलाडीले सहभागिता जनाउने आयोजकले बताएको छ । पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६९ र ७५ केजीमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ४८, ५१, ५४ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष महर्जनले बताए । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (एआइबा)को नियम अनुसार हुने प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ उपविजेताले १० हजार र तेस्रो हुने दुई खेलाडीले जनही ५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC